७ कात्तिक, काठमाडौं । सेन्चुरी बैंक कार्पोरेट सुपर सिक्सेस क्रिकेटको तेस्रो संस्करणको उपाधि आयोजक सेन्चुरी बैंकले जितेको छ ।
आइतबार सम्पन्न फाइनल खेलमा नेपाल एसविआइ बैंकलाई ६ विकेटले पराजित गर्दै सेन्चुरीले उपाधि जितेको हो ।
एसविआईले दिएको ५६ रनको लक्ष्य सेन्चुरीले एक विकेट गुमाएर ३.५ ओभरमै पूरा गर्यो । सेन्चुरीको जितमा म्यान अफ द फाइनल समेल रहेका देवेश डंगोलले १० बलमा ३४ रनको विष्फोटक योगदान दिए । उनका अलावा सुवास शर्माले पनि १८ रन बनाए ।
यसअघि कीर्तिपुर मैदानमा टस जितेर ब्याटिङ रोजेको एसविआईले ५ ओभरमा २ विकेट गुमाएर ५५ रन जोडेको थियो । उसका लागि ओपनर मोनिस श्रेष्ठले सर्वाधिक ३६ रन जोडेका थिए ।
यसअघि आजै भएको सेमिफाइनलमा सेन्चुरीले सिभिल बैंकलाई ४ विकेट र एसविआईले आइसीएफसी फाइनान्सलाई १५ रनले हराउँदै उपाधि भिडण्त तय गरेका थिए ।
प्रतियोगिताको म्यान अफ द सिरिज सेन्च्ुरी बैंकका सुरज तिमल्सिना घोषित भए । उनले ३२ इन्चको एलइडी टिभीसहित १० हजार पुरस्कार हात पारे । उनी उत्कृष्ट फिल्डरसमेत चुनिए ।
त्यस्तै उत्कृष्ट ब्याट्सम्यान आइसीएफसीका अरविन्द राना चुनिए । उनी प्रतियोगितामा सबैभन्दा धेरै १८ छक्का सहित २०६ रन बनाएका थिए ।
उत्कृष्ट बलरमा सिभिल बैंकका राज श्रेष्ठ, उत्कृष्ट विकेट किपर एसविआई बैंकका साकार श्रेष्ठ चुनिए ।
प्रतिक्रिया 4