+

भारोत्तोलनमा देवीको राष्ट्रिय कीर्तिमान

२०७३ पुष  १० गते २०:३९ २०७३ पुष १० गते २०:३९
भारोत्तोलनमा देवीको राष्ट्रिय कीर्तिमान

१० पुस, राजविराज । सप्तरीको राजविराजमा आइतबारदेखि सुरु भएको भारोत्तोलनमा चार स्वर्णको टुंगो लाग्दा महिला ५३ केजीमा प्रहरीकी देवी चौधरीले राष्ट्रिय कीर्तिमान कायम गरेकी छन् ।

देवीले स्न्याचमा ६० र क्लिन एन्ड जर्कमा ७८ गरी कूल १३८ केजी भार वहन गर्दै राष्ट्रिय कीर्तिमान रचेकी हुन् । यसअघि देवीकै नाममा स्न्याचमा ५८ र क्लिन एन्ड जर्कमा ७७ केजीको कीर्तिमान थियो । प्रहरीकी संगीता राई दोश्रो र पश्चिमाञ्चलकी टीकामाया गुरुङ तेश्रो भए ।

महिला ४८ केजीमा आर्मीकी मनीषा रानाभाट पहिलो भइन् । मनीषाले स्न्याचमा ५० र क्लिन एन्ड जर्कमा ५५ गरी जम्मा १०५ केजी वजन उठाइन् । पूर्वाञ्चलकी मनीषा चौधरी दोश्रो र सुदूरपश्चिमाञ्चलकी कञ्चन चौधरी तेश्रो भए ।

पुरुषको ५६ केजीमा पूर्वाञ्चलका मनोज यादव स्न्याचमा ८० र क्लिन एन्ड जर्कमा ९५ गरी जम्मा १७५ केजी भार उठाउदै शीर्ष स्थानमा रहे । आर्मीका तुलानाथ महतो दोश्रो र सुदूरपश्चिमाञ्चलका रविलाल चौधरी तेश्रो भए ।

पुरुषको ६२ केजीमा आर्मीका विकास थापाले स्वर्ण जिते । उनले स्न्याचमा १०० र क्लिन एन्ड जर्कमा ११५ गरी कूल २१५ केजी भार उठाए । आर्मीका जीवन तामाङले रजत र पश्चिमाञ्चलका धनबहादुर झाक्रीले कांस्य प्राप्त गरे ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय