+

कासिमेरोको गोलसँगै रियल मड्रिड विजयी

२०७३ फागुन  ५ गते ६:४५ २०७३ फागुन ५ गते ६:४५
कासिमेरोको गोलसँगै रियल मड्रिड विजयी

५ फागुन, काठमाडौं । च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा साविकको विजेता रियल मड्रिडले नापोलीलाई हराएको छ ।

बुधबार राति भएको खेलमा एक गोलले पछि परेको अवस्था उल्टाउादै रियल मड्रिडले इटालिनय क्लब नापोलीलाई ३-१ ले हराएको हो ।

रियलको घरेलु मैदानमा भएको खेलमा नापोलीले आठौं मिनेटमा नै इन्सिगेनको गोलबाट अग्रता लिएको थियो । तर, धेरैबेर जोगउन सकेन । १८ औं मिनेटमा करिम बेन्जिमाले बराबरी गोल फर्काए ।

दोस्रो हाफमा रियलले दुई गोल थप्यो ।४९ औं मिनेटमा टोनी क्रुजले गोल गर्दै २-० को अग्रता दिलाए भने ५ मिनेटपछि नै कासिमेरोले गोल गरे । खेलमा थप गोल हुन सकेन र मड्रिड विजयी भएको छ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय