+

केन्याको टोली बिहीबार काठमाडौं आउने

२०७३ फागुन  २२ गते १६:२७ २०७३ फागुन २२ गते १६:२७
केन्याको टोली बिहीबार काठमाडौं आउने

२२ फागुन काठमाडौं । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरगत नेपालसँगको खेलका लागि केन्याको क्रिकेट टोली बिहीबार काठमाडौं आउने भएको छ ।

केन्याको टोली अहिले भारत भ्रमणमा छ । अभ्यास खेल खेलिरहेको छ । शनिबार भएको खेलमा केन्याली टोली बरुडा यू-२३ टोलीसँग पराजित भएको छ ।

सोमबार अर्को अभ्यास खेल खेल्नेछ र टोली बिहीबार काठमाडौं आइपुग्ने कार्यक्रम छ ।

नेपाल र केन्याको खेल आगामी शनिबार र सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय