+

क्रिकेटमय बन्यो धनगढीः खेलाडीदेखि व्यवसायीसम्म उत्साहित

२०७३ चैत  २७ गते १३:५० २०७३ चैत २७ गते १३:५०
क्रिकेटमय बन्यो धनगढीः खेलाडीदेखि व्यवसायीसम्म उत्साहित

 

२७ चैत, काठमाडौं । सुदूरपश्चिम क्षेत्र नेपाली क्रिकेटको उर्वर भूमि मानिन्छ । यसैको सम्भावित राजधानी धनगढीमा आजदेखि मुलुककै सबैभन्दा ठूलो प्रतियोगिता निजी क्षेत्रको आयोजनामा सुरु हुँदैछ ।

नेपाल क्रिकेट संघको विवाद र त्यसपछि आइसीसीले गरेको निलम्बनपछि नेपालको डोमेस्टिक क्रिकेटको सक्रियता शून्य प्रायः छ ।

यस्तो अवस्थामा धनगढी क्रिकेट एकेडेमीले आयोजना गरेको धनगढी पि्रमियर लिगका कारण अहिले खेलाडी, अफिसियल तथा समग्र नेपाली क्रिकेटप्रेमीको आकर्षण धनगढी बनेको छ, जहाँ सेती अञ्चल प्रहरी कार्यालयको मैदानमा प्रतियोगिता सुरु भएको छ ।

नेपाली क्रिकेटमै सर्बाधिक पुरस्कार राशीको प्रतियोगिताका लागि धनगढी शहर तयार भएको छ भने अञ्चल प्रहरीको मैदानलाई दुलही झैं सिंगारिएको छ ।

पहिलो पटक दर्शकहरुले प्याराफिटमा बसेर खेलको मजा लिनेछन् । करिब ३ हजार दर्शक अटाउने अस्थायी प्याराफिटको निर्माण गरिएको छ ।

प्रतियोगितालाई मध्यनजर गरी बजारका विभिन्न स्थानहरुमा स्वागतद्धार निर्माण गरिएका छन् भने खेलाडीहरु बस्ने होटलमा समेत खेलाडीहरुलाई हौसला मिलोस भनेर स्वागतद्धार निर्माण गरिएको होटल फ्लोराका संचालक पुष्पराज कुँवरले बताए ।

होटल फ्लोरामा पारस खड्काको नेतृत्वमा रहेको टिम चौराहा र विनोद भण्डारीले नेतृत्व गर्ने कंचनपुर आईकोनिकका खेलाडीहरु रहेका छन् ।

धनगढी प्रिमियर लिगले यहाँका होटल व्यवसायी सबैभन्दा बढी उत्साहित छन् । यहाँ रहेका ठूला होटलहरु खेलाडी र अफिसियलहरुले भरिभराउ छन् । होटल साथीका सञ्चालक संजय चौधरीले क्रिकेटले धनगढीलाई चिनाउन थालेको बताउँदै भविष्यमा क्रिकेटको भविष्य अझै उज्ज्वल रहेको बताए ।

उनले राज्यबाट हेपिदै आएको सात नम्बर प्रदेशमा क्रिकेटको महाकुम्भ संचालन भएपछि राज्यले हेर्ने दृष्टिकोण समेत परिवर्तन भएको महशुस गरेको बताए ।

त्यस्तै होटल रुवसका संचालक प्रकाश भट्टले सात नम्बर प्रदेशमा स्पोर्टस् टुरिजमको समेत राम्रो सम्भावना भएको बताउँदै क्रिकेट प्रतियोगिता खेल्न आउने खेलाडीहरुले यहाँका अन्य पर्यटन क्षेत्रहरुको अवलोकन गर्ने भएका कारण प्रतियोगिता आयोजनाले आर्थिक लाभ हुने बताए ।

एसपीए कप हुदै धनगढी प्रिमियर लिग सम्म आइपुग्दा अहिले सातौ चरणको प्रतियोगिता भइरहेको धनगढीमा खेलाडीहरुमा पनि उत्साह छाएको छ । अक्सनको आधारमा छनौट गरेर टिम तयार पारिएको उक्त प्रतियोगिता खेलेर पनि जीविकोपार्जन गर्न सकिन्छ भन्ने गतिलो उदाहरण दिएको उनीहरुले बताएका छन् ।

नेपाल क्रिकेटका राष्ट्रिय कप्तान समेत रहेका टिम चौराहाका कप्तान पारस खड्काले देशकै सर्वाधिक धनराशीको क्रिकेट प्रतियोगिताले आफू लगायत सम्पुर्ण खेलाडीहरुका उत्साह छाएको बताए । उनले नेपालका उत्कृष्ट खेलाडीहरुको सहभागिता रहनुले प्रतियोगिता अझै महत्वपूर्ण हुने बताउँदै धनगढी भविष्यमा क्रिकेटको शहरको रुपमा चिनिनेमा आफू विश्वस्त रहेको बताए ।

त्यस्तै भेट्रान स्टार शक्ति गौचनले धनगढी पि्रमियर लिग नेपालभरिकै उत्कृष्ट प्रतियोगिता भएको बताए । भविष्यमा यस क्षेत्रले राष्ट्रिय खेलाडीको उत्पादन गर्न अग्रणी भूमिका खेल्ने गौचनले बताए ।

आजबाट शुरु भएर बैशाख ९ गते समापन हुने धनगढी प्रिमियर लिग प्रतियोगिताको पहिलो दिन पारस खड्काको नेतृत्वमा नेपाल राष्ट्रिय टिम ११ र पदम केसीको नेतृत्वमा धनगढी ११ बीच मैत्रीपूण खेल हुने र त्यसबाट उठेको रकम फाप्ला क्रिकेट मैदानका लागि उपलब्ध गराइने आयोजक डिपिएलका संयोजक सुवाश शाहीले जानकारी दिए ।

लेखक
दीपक उपाध्याय
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

वेबस्टोरिज

7 Stories
औषधीय गुणको फिटकिरी, कुन समस्यामा के लाभ ?

औषधीय गुणको फिटकिरी, कुन समस्यामा के लाभ ?

- अनलाइनखबर २०८१ असोज ११ गते १६:५९
6 Stories
योनीस्राव हुनुका ६ कारण

योनीस्राव हुनुका ६ कारण

- अनलाइनखबर २०८१ असोज ११ गते १५:०३
7 Stories
निखिल उप्रेतीले किन गरे कपाल प्रत्यारोपण ?

निखिल उप्रेतीले किन गरे कपाल प्रत्यारोपण ?

- अनलाइनखबर २०८१ असोज ११ गते १३:४९
7 Stories
एमआरआई के हो, किन गरिन्छ ?

एमआरआई के हो, किन गरिन्छ ?

- अनलाइनखबर २०८१ असोज ११ गते १२:१०
6 Stories
६ वर्षमुनिका बच्चालाई सिकाउनैपर्ने ६ कुरा

६ वर्षमुनिका बच्चालाई सिकाउनैपर्ने ६ कुरा

- अनलाइनखबर २०८१ असोज ११ गते ११:४०