+

बार्यन म्युनिख लगातार पाँचौं पटक बुन्डेजलिगा च्याम्पियन

२०७४ वैशाख  १७ गते ८:५३ २०७४ वैशाख १७ गते ८:५३
बार्यन म्युनिख लगातार पाँचौं पटक बुन्डेजलिगा च्याम्पियन

१७ वैशाख, काठमाडौं । वोल्फ्सबर्गलाई पराजित गर्दै बार्यन म्युनिखले लगातार पाँचौ पटक बुन्डेजलिगाको उपाधि जितेको छ ।

जर्मन लिगमा यो सिजन पनि बार्यनकै दबदबा रहृयो । उसले मात्र २ खेल गुमाएको छ र, ३१ खेलबाट ७३ अंक बटुल्दै ३ खेल अगावै लिगको उपाधि पक्का गर्‍यो ।

शनिबार राति भएको खेलमा बार्यन म्युनिखले वोल्फ्सबर्गलाई ६-० गोल अन्तरले पराजित गर्‍यो ।

वोल्फ्सबर्गको घरेलु मैदानमा भएको खेलमा बार्यन म्युनिखले अलबाको गोलबाट अग्रता लिएको थियो । ३६ र ४५ औं मिनेटमा रोबर्ट लेभान्डोस्कीले गोल गरेपछि बार्यन म्युनिखले पहिलो हाफमा ३-० को अग्रता लियो ।

खेलको ६६ औं मिनेटमा आर्जेन रोबिनदे गोल गरे । ७८ औं मिनेटमा लुइज गुस्तोभाले रातो कार्ड खाएपछि घरेलु टोली १० खेलाडीमा सिमित भयो । ८० औं मिनेटमा थोमस मुलरलेे गोल गरे भने ८५ औं मिनेटमा किमिचले गोल गर्दै बार्यन म्युनिखलाई ६-० गोल अन्तरको शानदार जित दिलाए ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय