+

१० लाखका खेलाडीको करोडको प्रदर्शन

२०७४ वैशाख  २१ गते ११:३४ २०७४ वैशाख २१ गते ११:३४
१० लाखका खेलाडीको करोडको प्रदर्शन

इण्डियन प्रिमियर लिग आइपिएल अन्तर्गत बुधबार भएको खेलमा राहुल त्रिपाठीको शानदार पारीको सहयोगमा राइजिङ पुणे सुपरजायन्टले कोलकाता नाइट राइडर्सलाई हरायो ।

त्रिपाठीले ५२ बलमा ९३ रनको उत्कृष्ट पारी खेले । यसअघि पहिलो पारीमा कोलकाताले ८ विकेट गुमाएर १५५ रन बनाएको थियो ।

पुणेले यो लक्ष्य ६ विकेट गुमाएर पूरा गर्‍यो । शानदार पारी खेलेका त्रिपाठी म्याचको हिरो बने ।

राहुल ट्वीटर ट्रेण्डमा पनि छाइरहे । भारतका पूर्व क्रिकेटर बिरेन्द्र सेहवागले ट्वीट् गरे कि, ‘त्रिपाठीले ब्याटिङको शानदार पाठ पढाए, युवा भारतीय ब्याट्सम्यान यस्तो समझदारी र निडर तरिकाले खेलेको देख्दा राम्रो लाग्यो ।’

त्यस्तै पूर्व क्रिकेटर मोहम्मद केफले ट्वीट गरे, ‘त्रिपाठी यस सिजनमा उत्कृष्ट प्रतिभा हुन् । नितिश राणा र रशिद खानको शानदार प्रदर्शनका बाबजुद त्रिपाठी छाइरहेको छन्, गज्जवको आत्मविश्वास ।’

क्रिकेट कमेन्टेटर हर्षा भोग्लेले लेखे, ‘राहुल त्रिपाठीको शानदार र यादगार पारी, आशा गरौं कि उनी लामो समयसम्म यस्तै खेलुन् ।’

सर रविन्द्र जडेजाको नामबाट चल्ने प्यारोडी एकाउण्टमा लेखिएको थियो, ‘सबै राहुल त्रिपाठीको तारिफमा ब्यस्त छन् । लर्ड अशोक डिण्डा खेल नखेलिदिएर जुन त्याग गरेका छन्, उनको तारिफमा कसैको ध्यानै छैन ।’

केहि मानिसहरुले यो पनि भन्न भ्याए कि राहुल त्रिपाठी छिट्टै भारतीय टिममा स्थान बनाउन सक्षम हुनेछन् ।

ट्रेन्डुलकर नामबाट चलेको एकाउण्टमा लेखिएको छ, ‘त्रिपाठी र राणालाई टिम इण्डियाका लागि म सिफारिस गर्छु, दुवैको ब्याटिङ हेर्न लायक छ ।

समर्थक सतिश वाल्गाले लेखे, ‘प्रिय बीसीसीआई भारतको लागि नयाँ बिरेन्द्र शेहवागमाथि ध्यान राख्नुस्, उनी बल यसरी प्रहार गर्छन जसरी महान शेहवागले मार्ने गर्थे ।’

चर्चित उद्योगपति राज कुन्द्राले ट्वीटरमा लेखेका छन् कि ‘त्रिपाठीले टिमको लगानी खेर जान दिएनन्, १० लाखका यी खेलाडी कुनैपनि मिलियन डलरका खेलाडी भन्दा उँचो देखिन्छन् ।’

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय