+

एसीसीले उमेर समूहका प्रतियोगिता पुनः सुरु गर्ने

२०७४ साउन  ३१ गते १७:१० २०७४ साउन ३१ गते १७:१०
एसीसीले उमेर समूहका प्रतियोगिता पुनः सुरु गर्ने

३१ साउन, काठमाडौं । एसियाली क्रिकेट परिषद एसीसीले सदस्य राष्ट्रहरुबीच उमेर समूहका क्रिकेट प्रतियोगिता पुनः सुरु गर्ने भएको छ ।

मंगलबार सम्पन्न साधारणसभाले यू-१६, यू-१९ र यू-२३ प्रतियोगिता पुनः सञ्चालन गर्ने कार्यसमितिको प्रस्ताव अनुमोदन गरेको हो ।

एसीसी मुख्यालय कोलम्बोमा सम्पन्न साधारणसभाले टेष्ट नखेल्ने राष्ट्रको क्रिकेट बिकासमा सहयोग गर्न उमेर समूहका प्रतियोगिता पुनः सुरु गर्ने प्रस्ताव अनुमोदन गरेको हो ।

एसीसीले अब नियमित रुपमा सिनियर पुरुष क्रिकेट प्रतियोगिताको आयोजना गर्नेछ भने गत वर्ष भएको महिला एसिया कपलाई पनि निरन्तरता दिनेछ ।

कोलम्बोमा कार्यकारी समितिको पनि बैठक बसेको थियो । बैठकले, मलेसियामा नोभेम्बरमा हुने यू-१९ एसिया कप आयोजना गर्ने पनि पुष्टि गरेको छ । यस्तै इमर्जिङ एशिया कप अबदेखि हरेक वर्ष आयोजना हुनेछ । एसीसी विकास समतिले इमर्जिङ एसिया कप हरेक वर्ष आयोजना गर्न प्रस्थाव गरेको थियो । जसलाई कार्यकारी समितले पारित गर्‍यो ।

साधारण सभामा वार्षिक प्रतिवेदन, आर्थिक प्रतिवेदन र एसीसीका विकास योजनाहरुका विषयमा छलफल भएको थियो ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय