४ मंसिर, काठमाडौं । क्यानडामा भएको टोरन्टो ओपन तेक्वान्दो च्याम्पियनसिपमा नेपाली खेलाडी यानकुमारी चौलागाईले स्वर्ण पदक जितेकी छन् ।
टोरन्टोस्थित भेराइटी भिलेज एथ्लेटिक सेन्टरमा भएको खेलमा ५७ केजी तौलसमूहको फाइनलमा यानकुमारीले क्यानडाकी लौजन लौरिनलाई हराउँदै स्वर्ण जितिन् ।
प्रतियोगितामा सहभागी भएका अन्य दुई राष्ट्रिय खेलाडी ज्ञानी चुनारा र रेजिना कार्की भने पदकविहीन रहे ।
महिला ४९ केजी तौल समूहको पहिलो खेलमै रेजिना क्यानाडाकी खेलाडीसँग पराजित भइन् । ६२ केजीमुनि तौलसमूहमा ज्ञानी क्वुबाकी खेलाडीसँग पहिलो खेलमै स्तब्ध भएपछि पदकविहीन भइन् ।
च्याम्पियनसिपमा करिब १ हजार १ सय ७५ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।
प्रतिक्रिया 4