+

उपकप्तान मल्ल ५४ रनमा आउट

२०७४ मंसिर  २० गते १३:०४ २०७४ मंसिर २० गते १३:०४
उपकप्तान मल्ल ५४ रनमा आउट

२० मंसिर, काठमाडौं । आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको अन्तिम चरण अन्तर्गत युएईबिरुद्धको खेलमा नेपाली ओपनर तथा उपकप्तान ज्ञानेन्द्र मल्ल आउट भएका छन् ।

२४.२ ओभरमा दोस्रो विकेटका रुपमा युएईका रोहन मुस्तफाको बलमा एलबीडब्ल्यूको धरापमा पर्नुअघि मल्ले ५४ रनको संयमित अर्धशतकीय पारी खेले ।

युएईको शेख जायद रंगशालामा ८३ बलको सामना गरी मल्लले ६ चौका प्रहार गरे । मल्लले शरद भेषाकरसँग मिलेर ४१ रनको साझेदारी गरे ।

नयाँ ब्याट्सम्यानको रुपमा कप्तान पारस खड्का क्रिजमा आएका छन् । भेषावर ११ रनको व्यक्तिगत स्कोरमा खेलिरहेका छन् ।

यसअघि नेपालले ओपनर दिलिप नाथलाई १६ रनको ब्यक्तिगत स्कोरमा गुमाइसकेको छ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय