+

एपीएफलाई हराउँदै न्यू डायमण्डले जित्यो महिला भलिबलको उपाधि

२०७४ माघ  २३ गते १८:३१ २०७४ माघ २३ गते १८:३१
एपीएफलाई हराउँदै न्यू डायमण्डले जित्यो महिला भलिबलको उपाधि

२३ माघ, काठमाडौं । शिवम् न्यू डायमण्ड कप राष्ट्रिय खुल्ला राष्ट्रिय महिला भलिबलको उपाधि आयोजकले नै जितेको छ ।

विभागीय क्लब एपीएफलाई ३-१ को सेटमा पराजित गर्दै न्यू डायमण्ड एकेडेमीले उपाधि हात पारेको हो ।

नयाँ बसपार्कस्थित ढोरपाटन भलिबल प्रशिक्षण केन्द्रमा मंगलबार सम्पन्न फाइनल खेलको पहिलो सेट भने न्यू डायमण्डले २६-२४ ले गुमाएको थियो । तर, त्यसपछि उत्कृष्ट पुनरागमन गर्दै लगातार तीन सेट जित्दै उपाधि कब्जा गरेको हो । न्यु डायमण्डले दोस्रो, तेस्रो र चौथो सेट क्रमशः २५-२३, २८-२६ र २५-२३ ले आफ्नो पक्षमा पार्‍यो ।

न्यू डायमण्डले उपाधिसँगै १ लाख ५१ हजार नगद पाएको छ भने उपविजेता एपीएफले १ लाख १ हजारमा चित्त बुझाएको छ ।
मंगलबार नै तेस्रो स्थानको लागि भएको खेलमा आर्मीले पश्चिमाञ्चलको टप्स उच्च माविलाई २५-१६, २६-२४ र २५-२१ को सेटमा पराजित गर्दै तेस्रो भएको छ । आर्मीले ५१ हजार र चौथो भएको टप्सले २१ हजार पाएको छ ।

प्रतियोगिताका बेष्ट प्लेयर प्रतिभा माली घोषित भएकी छिन् । उनले शेरबहादुर खड्का स्मृति प्रतिष्ठानले सौजन्य गरेको नगद १० हजार प्राप्त गरिन् ।

त्यस्तै, स्पाइकर एपीएफकी सरस्वती चौधरी, बेष्ट ब्लकर आर्मीकी संगम महतो, बेष्ट क्वीकर न्यू डायमण्डकी ललिता नाथ, बेष्ट सर्भर न्यु डायमण्डकै पनामिका राई, बेष्ट लिब्रो, न्यू डायमण्डकी सविना श्रेष्ठ, बेष्ट सेटरमा न्यू डायमण्डकै कृपा अधिकारी घोषित भइन् । उनीहरुले जनही ५ हजार रुपैयाँ प्राप्त गरिन् । उत्कृष्ट प्रशिक्षक न्यू डायमण्डका कुमार राई घोषित भए ।

न्यू डायमण्ड भलिबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय