३ फागुन, काठमाडौं । क्रिष्टियानो रोनाल्डोको दुई गोलको मदतमा रियल मड्रिडले च्याम्पियन्स लिगको पहिलो लेगमा पेरिस सेन्ट जर्मेनलाई हराएको छ ।
बुधबार राति भएको खेलमा रियल मड्रिडले पीएसजीलाई ३–१ गोल अन्तरले हराएको हो ।
रियलको घरेलु मैदान बेर्नाबाउमा भएको खेलमा अग्रता भने पीएसजीले लिएको थियो । ३३ औं मिनेटमा एड्रियन रबीटले गोल गरे ।
तर पहिलो हाफको अन्तिम मिनेटमा रोनाल्डोको पेनाल्टी गोलसँगै रियल मड्रिड खेलमा फर्कियो ।
बाँकी दोस्रो हाफको अन्त्यतिर भएको थियो । ८३ औं मिनेटमा रोनाल्डोले गोल गरे । तीन मिनेटपछि नै मार्सेलोले गोल गर्दै रियल मड्रिडलाई ३–१ को जित दिलाए ।
प्रतिक्रिया 4