+

यूएईसँग हारेसँगै नेपाल विश्वकप छनोटको कठिन समूहमा

२०७४ फागुन  ३ गते २१:१७ २०७४ फागुन ३ गते २१:१७
यूएईसँग हारेसँगै नेपाल विश्वकप छनोटको कठिन समूहमा

३ फागुन, काठमाडौं । विश्वकप छनोटमा नेपाल तुलनात्मक रुपमा कठीन समूहमा परेको छ । बिहीबार डिभिजन टूको फाइनलमा यूएईसँग हारेसँगै नेपाल समूह बीमा परेको छ ।

यो समूहमा अफगानिस्तानसँगै जिम्बावे, स्कटल्याण्ड र हङकङ छ ।

समूह एमा आयरल्याण्ड, नेदरल्याण्ड्स, पपुवा न्यूगिनी र यूएई परेका छन् ।

विश्वकप छनोट प्रतियोगिता अर्को महिना जिम्बावेमा हुनेछ । मार्च ४ देखि २५ सम्म हुने प्रतियोगिताबाट दुई टिमले विश्वकप २०१९ मा स्थान बनाउनेछ ।

प्रतियोगितामा नेपालले पहिलो खेल आयोजक जिम्बोवेसँग मार्च ४ मा खेल्नु पर्नेछ । दोस्रो खेल मार्च ८ मा स्कटल्याण्डसँग हुनेछ भने मार्च १० मा अफगानिस्तान र १२ मा हङकङसँग खेल्नुपर्नेछ ।

प्रत्येक समूहका शीर्ष तीन टोली सुपर सिक्समा प्रवेश गर्नेछन् ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय