+

एन्फाका नयाँ अध्यक्ष भन्छन्- अब ‘म्याच फिक्सिङ’ हुन दिन्न

२०७५ वैशाख  २३ गते १६:१२ २०७५ वैशाख २३ गते १६:१२
एन्फाका नयाँ अध्यक्ष भन्छन्- अब ‘म्याच फिक्सिङ’ हुन दिन्न

२३ वैशाख, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का नवनिर्वाचित अध्यक्ष कर्माछिरिङ शेर्पाले म्याच फिक्सिङ रोक्न कानून आवश्यक रहेको बताएका छन् ।

उनले भने, ‘म्याच फिक्सिङको अन्त्य गर्न तत्काल कानून आवश्यक छ, त्यो कानून ल्याउनको लागि सरोकारवाला निकाय, सरकार र संसदले विशेष पहल लिनुपर्छ ।’

अनुशासन र एपिल कमिटी गठन गरेर मिलेमतोहरु रोक्न पहल गर्ने उनले बताए । आइतबार रिपोर्टर्स क्लबको कार्यक्रममा उनले भने, ‘हामी खेलाडीहरुको गतिविधि नियाल्छौं, उनीहरुले कसलाई भेट्छन्, के गर्छन् ? जानकारी लिन्छौं ।’

एन्फामा देखिएको अनियमितता रोक्न आर्थिक नियामावली नै बनाउने उनले बताए । शेर्पाले थपे, ‘अब हामी आर्थिक नियामावली बनाउँछौं, यो नियामावली बन्ने वित्तिकै फुटबलमा देखिएको अनियमितता अन्त्य गर्न महत्वपूर्ण हुन्छ ।’

भोलि बस्ने एन्फाको बैठकबाट तल्लो स्तरसम्मै खेलको वातावरण निर्माण गर्न ४५ जिल्लामा तत्काल खेल प्रशिक्षण केन्द्र खोल्ने र लिग सञ्चालनको निर्णय गर्ने उनले बताए । ७ वटै प्रदेशमा १४ वटा खेलकुद एकेडेमी निर्माण गर्ने भन्दै उनले भने, ‘एकेडेमीहरु सञ्चालनमा आएसँगै उमेर समूहका खेलाडीहरु उत्पादन गर्न हामीलाई सजिलो हुन्छ, यसले राष्ट्रिय टिम बनाउन धेरै सजिलो हुन्छ ।’

आफू नेतृत्वमा आएसँगै अब फुटबल खेलाडीहरुलाई बाह्रै महिना खेल्ने वातावरण बनाउने पनि दाबी गरे ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय