+

‘वर्ल्ड ११’ मा परे सन्दिप, लर्डसमा वेष्टइण्डिजविरुद्ध खेल्ने

२०७५ जेठ  २ गते २०:४२ २०७५ जेठ २ गते २०:४२
‘वर्ल्ड ११’ मा परे सन्दिप, लर्डसमा वेष्टइण्डिजविरुद्ध खेल्ने

२ जेठ, काठमाडौं । नेपाली युवा क्रिकेटर सन्दिप लामिछाने वेष्ट इण्डिजविरुद्ध खेल्ने आईसीसी ‘वर्ल्ड ११’ मा परेका छन् ।

यो खेल ३१ मेमा इंगल्याण्डको लर्डसमा हुनेछ । बंगलादेशका सकिब अल हसनले व्यक्तिगत कारण नाम फिर्ता लिएपछि सन्दिपले मौका पाएका हुन् । उनका लागि यो ऐतिहासिक खेल हुनेछ ।

किनकी उनको टोलीको कप्तान इयान मोर्गान हुन् । यस्तै टिममा साहिद अफ्रिदी, तमिक इकवाल, दिनेश कार्तिक, रसिद खान, मिचेल म्याक्लेनेगन, सोयब मल्लिक, हार्दिक पाण्डेया, थिसारा परेरा, लुक रोन्ची छन् ।

खेल वेस्ट इन्डिजको क्यारेबियनमा गएको वर्ष हुरिक्यान आँधीका कारण जीर्ण बनेको स्टेडियम पुनः निर्माणका लागि हुन लागेको आईसीसीले जनाएको छ ।

वेस्ट इन्डिज टी ट्वान्टी विश्वकप विजेता टोली हो । जसमा स्यामुअल बद्री, कार्लोस ब्रेथवेट, क्रिस गेल, इभिन लुइस, मार्लोन स्यामुअल्स, एन्द्रे रसेल, सुनिल नारायनजस्ता टी ट्वान्टीको उत्कृष्ट खेलाडीहरु रहेका छन् ।

आईसीसी ‘वर्ल्ड ११’ मा परेको जानकारीपछि प्रतिक्रिया दिँदै सन्दिपले भनेका छन्, ‘वेस्ट इन्डिजविरुद्ध खेल्न आईसीसी ‘वर्ल्ड ११’ मा परेर मलाई निकै खुशी लागेको छ । यो नेपाल र नेपालका सबै क्रिकेट समर्थकका लागि खुशीको कुरा हो । यसले नै अन्तर्राष्ट्रिय खेलहरुमा नेपालको खुबीलाई पनि प्रस्ट पार्नेछ ।’

आईसीसी ‘वर्ल्ड ११’ मा परेको जानकारीपछि प्रतिक्रिया दिँदै सन्दिपले भनेका छन्, ‘वेस्ट इन्डिजविरुद्ध खेल्न आईसीसी ‘वल्र्ड ११’ मा परेर मलाई निकै खुशी लागेको छ । यो नेपाल र नेपालका सबै क्रिकेट समर्थकका लागि खुशीको कुरा हो । यसले नै अन्तर्राष्ट्रिय खेलहरुमा नेपालको खुबीलाई पनि प्रस्ट पार्नेछ ।’

‘आफूले टेलिभिजनमा मात्र देखेका खेलाडीसँग डे्रसिङ रुम सेयर गर्ने, अभ्यास गर्ने र खेल्ने मौका मेरा लागि ठूलो छ । यो अवसरको फाइदा उठाउँदै म धेरै कुरा सिक्नेछु’ उनले आईसीसीसँग भनेका छन् ।

‘लर्डस, क्रिकेटको घरका बारेमा म केनै भन्न सक्छु र ! यो क्रिकेटको एउटा पूर्ण इतिहास हो । अनि सबै क्रिकेटरका लागि एउटा सपनाको मैदान । सन् २०१६ मा त्यहाँ खेल्न पाउनु नै मेरा लागि ठूलो अवसर थियो । जुन फेरि दोहोरिने भएको छ । मलाई आउने दिनमा पनि यस्ता अवसरहरु पाउँछु भन्ने विश्वास मिलेको छ । यसका लागि म मेहनत पनि गर्नेछु । जसले मलाई मेरो क्रिकेट विकासमा सहयोग पुग्नेछ ।’

उनले सन् २०१६ जुलाईमा लर्डसमै एमसीसीविरुद्ध खेल्दा २५ रन खर्चेर एक विकेट लिएका थिए । त्यो खेलमा नेपाल विजयी भएको थियो ।

सन् २०१४ मा त्यस समयका नेपाली राष्ट्रिय टिमका प्रशिक्षक पुबुदु दासानायकेले चितवनको क्याम्पाचौरबाट सिधै राष्ट्रिय टिममा ल्याएदेखि नै सन्दिपले आफूलाई प्रमाणित गरिरहेका छन् ।

डिभिजन २ र विश्वकप छनोटमा उत्कृष्ट खेल देखाएका सन्दिपले इन्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली डेयरडेभिल्सबाट खेलेर पनि नेपाली क्रिकेटमा इतिहास बनाएका छन् । उनी वेस्ट इन्डिजमै हुने क्यारेवियन प्रिमियर लिग (सीपीएल) मा पनि परेका छन् ।

आउँदो २९ जुलाईमा नेपाली राष्ट्रिय टिमले पनि लर्डसमा टी–२० सिरिज खेल्दै छ । मेरिलोबोन क्रिकेट क्लब (एमसीसी)ले नेपाल र नेदरल्याण्ड्सँग त्रिकोणात्मक टी–२० सिरिज खेल्ने यसअघि नै पक्का भएको हो ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय