पारा तेक्वान्दो खेलाडीलाई मेन्टरको साथ
२०७५ जेठ २० गते २०:३९
२० जेठ, काठमाडौं । नेपाली पारा तेक्वान्दो खेलाडीलाई मेन्टर कन्सल्टेन्सीले सहयोग गर्ने भएको छ । मेन्टरले दुई वर्षका लागि खेलाडीलाई आवश्यक पर्ने खेल पोशाक र सामाग्रीका साथै खुराक खर्च प्रायोजन गर्ने भएको हो ।
नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाशशमशेर राणाको उपस्थितिमा तेक्वान्दो संघअन्तर्गतको पारा तेक्वान्दो कमिटीका संयोजक कसिम मियाँ धोबी र मेन्टरका प्रबन्ध निर्देशक हेमन्त भट्टराईले आइतबार सम्झौता पत्रमा हस्ताक्षर गरे । मेन्टरले दुई वर्षको अवधिमा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने पारा तेक्वान्दोलाई नगदसहित सम्मान पनि गर्ने छ ।
निर्देशक भट्टराईले सामाजिक उत्तरदायित्वअन्तर्गत खेलाडीलाई सहयोग गरेको बताउदै टोकियो ओलम्पिकमा सहभागी हुने खेलाडीलाई पनि सहयोग गर्ने सोच रहेको बताए ।
पारा तेक्वान्दो कमिटीका सचिव एवं तेक्वान्दो संघका प्रवक्ता दीपक विष्टले फरक क्षमता भएका खेलाडीको लागि सहयोगको हात बढाएकोमा मेन्टरलाई धन्यवाद दिँदै मेन्टरको सहयोगले खेलाडीमा उर्जा थप्ने काम गरेको बताए ।
सोही अवसरमा अन्तर्राष्ट्रिय पारा तेक्वान्दोका पदक विजेता पलेशा गोबद्र्धन, रञ्जना धामी र सीता भण्डारीलाई मेन्टरले नगदसहित सम्मान ग¥यो । सबैलाई प्रशंसा पत्र र १० हजार नगद हजार रुपैयाँ प्रोत्साहन स्वरुप प्रदान गरियो ।
टुर्नामेन्ट
ICC Men T20 World Cup 2024
West Indies A Tour to Nepal 2024
ACC Premier Cup 2024
IRELAND WOLVES TOUR OF NEPAL
Nepal Tri-Nation T20I Series (2024)
Nepal A VS Canada XI OD Series
2023–2027 ICC Cricket World Cup League 2
Nepal Vs Canada ODI Series
Aaha RARA Pokhara gold cup
ICC Under-19 Cricket World Cup 2024
Pm Cup Womens National Cricket Tournament
Nepal Super League
T20 World Cup Final Asia
Nepal Tri-Nation T20I Series
Asiacup 2023
एसीसी प्रिमियर कप
प्रतिक्रिया 4