+

उज्वेकिस्तानको पोस्टमा उरुग्वेको तीन गोल

२०७५ जेठ  २५ गते १६:३९ २०७५ जेठ २५ गते १६:३९
उज्वेकिस्तानको पोस्टमा उरुग्वेको तीन गोल

२५ जेठ, काठमाडौं । विश्वकपको तयारीमा रहेको उरुग्वेले मैत्रीपूर्ण खेलमा उज्वेकिस्तानलाई ३-० गोलले हराएको छ ।

राजधानी मोन्टेभिडियोमा खेलको ३२ औं मिनेटमा उरुग्वेका जर्जियन डे अरासकेटाले १५ यार्डबाट गरेको सुन्दर प्रहार गोलमा परिणत भयो ।
त्यस्तै दोस्रो हाफमा बार्सिलोनाका स्टार स्ट्राइकर सुआरेजले पेनाल्टीमार्फत गोल गर्दै उरुग्वेको अग्रता दोब्बर बनाए भने ७३ औं मिनेटमा जोसे मारिया गिमिनेजले कर्नरमा हेड गर्दै गोल गरे ।

अर्कामजोन कोमिलोभ ७९ औं मिनेटमा रातो कार्ड खाँदै बाहिरिएपछि उज्वेकिस्तान दश जनामा समेटिएको थियो ।

यससँगै लगातार तीन खेल जितेको उरुग्वेले पछिल्ला नौमध्ये एक खेलमा मात्रै हार बेहोरेको छ ।

सन् १९३० र १९५० को विश्वकप विजेता उरुग्वेले यसवर्षको विश्वकप यात्रा १५ जुनमा इजिप्टको विरुद्धको खेलमार्फत सुरु गर्नेछ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय