३० साउन, सिन्धुपाल्चोक । दक्षिण कोरियामा हालै सम्पन्न विश्व तेक्वान्दो कल्चर एक्स्पो प्रतियोगितामा स्वर्ण पदक विजेता तेक्वान्दो खेलाडी प्रेम भण्डारीलाई बाह्रविसे नगरपालिकाले सम्मान गरेको छ ।
दुई साताअघि कोरियामा भएको प्रतियोगितामा सिन्धुपाल्चोकका भण्डारीले ८० केजी तौल समुहमा स्वर्ण पदक जितेका थिए ।
बलेफी गाउँपालिका-३ का भण्डारीलाई बाह्रविसे नगरपालिकाले मंगलबार आयोजित कार्यक्रममा ६१ हजार रुपैयाँसहित सम्मान गरेको थियो । बाह्रविसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पा र उपमेयर सुशीला पाखि्रनले भण्डारीलाई सम्मान गरेका थिए ।
दुई दशकदेखि जिल्लामा तेक्वान्दो खेल्दै आएका भण्डारीले यसअघि पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भई विभिन्न उपाधि हासिल गरेका छन् ।
जिल्लामा उनले २ हजार बढी तेक्वान्दोका खेलाडीहरु उत्पादन गरिसकेका छन् । युवाहरुलाई खेल क्षेत्रमा आकर्षित गर्न खेलाडीलाई नगरपालिकाको तर्फबाटै नगद सहित सम्मान गरेको बाह्रविसे नगरपालिकाका मेयर शेर्पाले बताए ।
प्रतिक्रिया 4