३ पुस, काठमाडौं । प्रिमियर लिग क्लब म्यान्चेष्टर युनाईटेडका प्रशिक्षक जोसे माउरिन्हो बर्खास्त भएका छन् ।
करिब साढे २ वर्ष युनाइटेडमा रहेका प्रशिक्षक माउरिन्होलाई क्लवले बर्खास्त गरेको हो । ५५ वर्षीय पोर्चुगाली प्रशिक्षक माउरिन्हो आफ्नो टिमको पछिल्लो समयको नतिजाबाट दबावमा थिए ।
इंग्लिस प्रिमियर लिगको पछिल्लो खेलमा आइतबार युनाइटेड लिभरपुलसँग ३-१ गोलअन्तरले पराजित भएको थियो ।
इंग्लिस क्लब चेल्सीबाट बर्खास्तमा भएपछि उनी इंग्लिस क्लब म्यान्चेष्टर युनाइटेड सम्हाल्न पुगेका थिए । तर, यो सिजन भने युनाइटेडले खराब प्रदर्शन गरेपछि उनीमाथि ठूलो दबाब थियो ।
उनले युनाइटेडलाई लिग कप र युरोपा लिगको उपाधि दिलाएका थिए ।
प्रतिक्रिया 4