१३ पुस, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा वेष्टह्यामले साउथह्याम्पटनलाई पराजित गरेको छ ।
बिहीबार राति भएको खेलमा वेष्टह्यामले साउथह्याम्पटनलाई २–१ गोलअन्तरले पराजित गरेको हो । वेष्टह्यामको जितमा फिलिपे एन्डर्सन नायक बने । उनकै दुई गोलमा वेष्टह्यामले जित निकालेको हो । यता, साउथह्याम्पटनका लागि रेडमन्डले गोल गरे ।
तर, सुरुवाती अग्रता भने साउथह्याम्पटनले बनाएको थियो । पहिलो हाफमा दुवै टिमले गोलरहित बराबरी खेलेका थिए । खेलको ५०औं मिनेटमा साउथह्याम्पटनका लागि रेडमन्डले गोल गर्दै अग्रता दिलाएका थिए । तर खेलको ५३औं मिनेटमा एन्डर्सनले गोल गर्दै वेष्टह्यामलाई बराबरीमा पुर्याएका थिए । खेलको ५९औं मिनेटमा उनले अर्को गोल गर्दै वेष्टह्यामलाई जित दिलाएका हुन् ।
जितसँगै वेष्टह्यामले १९ खेलबाट २७ अंक बनाउँदै लिगको नवौं स्थानमा उक्लिएको छ । यता पराजित साउथह्याम्पटन भने लिगको १६औं स्थानमा छ ।
प्रतिक्रिया 4