+

सन्दीपको टिम मेलबर्न स्टार्स तेस्रो स्थानमा

२०७५ पुष  १७ गते १८:१६ २०७५ पुष १७ गते १८:१६
सन्दीपको टिम मेलबर्न स्टार्स तेस्रो स्थानमा

१७ पुस, काठमाडौं । नेपाली लेग स्पिनर सन्दीप लामिछानेको टिम मेलबर्न स्टार्स बिग ब्यास लिग क्रिकेटको तेस्रो स्थानमा उक्लिएको छ ।

मेलबर्न क्रिकेट मैदानमा आज भएको खेलमा मेलबर्न रिनेगाडेसलाई सात विकेटले पराजित गर्दै मेलबर्न स्टार्स तेस्रो स्थानमा उक्लिएको हो ।

१४९ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको मेलबर्न स्टार्सले १७.५ ओभरमा तीन विकेटको क्षतिमा लक्ष्य पूरा ग¥यो । मेलबर्न स्टार्सको जितमा मार्कुस स्टोइनिसले अविजित ७८ रन बनाए ।

उनले ४९ बलमा चार छक्का र चार चौका प्रहार गरेका थिए । त्यस्तै, कप्तान ग्लेन म्याक्श्वेलले ३३ रन बनाउँदा बेन डंकले ३२ रन बनाए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मेलबर्न रिनेगाडेसले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १४८ रन बनाएको थियो । रिनेगाडेसका लागि ड्यानियल क्रिष्टियनले ३२ र साम हारपरले ३० रनको योगदान दिएका थिए ।

नउनले मेलबर्न रिनेगाडेसका कप्तान टोम कोपरलाई १० रनमा एलबिडब्लु आउट गराए । सन्दीपले चार ओभर बलिङ गर्दै ३१ रन खर्चेर एक विकेट लिए । चार खेलबाट सन्दीपले कुल आठ विकेट लिएका छन् ।

पहिलो खेलमा सिड्नी थन्डरविरुद्ध सन्दीपले दुई विकेट लिएका थिए । त्यस्तै दोस्रो खेलमा होबार्ट हुरिक्यानेसविरुद्ध तीन विकेट लिएका थिए । तेस्रो खेलमा सिड्नी सिक्सर्सविरुद्ध पनि दुई विकेट लिएका थिए ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय