+

महिला गोल्डकप : मञ्जलीको गोलले पहिलो हाफमा बराबरी

२०७५ फागुन  ३ गते १९:११ २०७५ फागुन ३ गते १९:११
महिला गोल्डकप : मञ्जलीको गोलले पहिलो हाफमा बराबरी

३ फागुन, काठमाडौं । हिरो महिला गोल्डकपको फाइनलमा पहिलो हाफसम्म नेपाल १–१ गोलको बराबरीमा रहेको छ ।

३४ औँ मिनेटमा म्यानमारले गोल गर्दै बनाएको १–० को अग्रता नेपालकी मञ्जली योञ्जनले ४५ औँ मिनेटमा बराबरी गरेकी हुन् ।

फिफा वरियतामा म्यानमार ४४ औं स्थानमा छ भने नेपाल १०८ औं स्थानमा । आफूभन्दा ६४ स्थानमाथिको टीमसँगको खेलमा नेपालले सम्हालिएको खेल देखाइरहेको छ ।

गोल्डकपकै राउण्ड रोबिनको पहिलो खेलमा म्यानमारसँग ३–० ले हारेको नेपालले भारतलाई २–१ ले र इरानलाई ३–० ले हराएर फाइनल पुगेको थियो । फाइनल खेल जित्न सके नेपाली महिला फुटबलमा ऐतिहासिक जित हुनेछ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय