२१ चैत, काठमाडौं । जिनेदिन जिदानले पुनः क्लब सम्हालेपछि रियल मड्रिडले स्पेनिस ला लिगा फुटबलमा पहिलो हार ब्यहोरेको छ ।
बुधबार राति भएको खेलमा रियलले भ्यालेन्सियासँग २–१ गोलको हार ब्यहोरेको हो । भ्यालेन्सियाको जितमा गोन्कालो गुइडेस र इजेक्यल ग्यारेयले गोल गरे । यता, रियलका लागि करिम बेन्जिमाले गोल फर्काएका थिए ।
खेलको ३५औं मिनेटमा गुइडेसले गोल गर्दै भ्यालेन्सियालाई अग्रता दिलाएका थिए । पहिलो हाफमा उनै गोलको आधारमा भ्यालेन्सियाले रियलमाथि १–० गोलको अग्रता बनाएको थियो ।
८३औं मिनेटमा ग्यारेयले गोल गर्दै भ्यालेन्सियालाई २–० गोलको अग्रतामा पुर्याए । खेलको अतिरिक्त समयमा बेन्जिमाले गोल गर्दै २–१ को स्थितिमा पुर्याएपनि रियलको हार टार्न सकेन ।
एकपछि अर्को खेलमा खराब नतिजा ल्याएपछि रियलले सान्टिएगो सोलरीलाई बर्खास्त गर्दै जिनेदिन जिदानलाई क्लबको मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो ।
प्रतिक्रिया 4