+

प्रधानमन्त्री कपमा प्रदेश ३ को पहिलो जित

२०७६ जेठ  १३ गते १५:५२ २०७६ जेठ १३ गते १५:५२
प्रधानमन्त्री कपमा प्रदेश ३ को पहिलो जित

१३ जेठ, काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा प्रदेश ३ ले विजयी सुरुआत गरेको छ ।

मुलपानी क्रिकेट मैदानमा आज भएको खेलमा प्रदेश ३ ले प्रदेश ५ लाई ६ विकेटले पराजित गरेको हो । १२३ रनको सामान्य चुनौती पछ्याउँदै ब्याटिङ गरेको प्रदेश ३ ले २१.५ ओभरमा चार विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो ।

प्रदेश ३ को जितमा रित गौतम र रविन जोशीले ७२ रनको साझेदारी गर्दै टिमलाई जिततर्फ लगेका थिए । रितले ३७ रन बनाए भने रविनले ३५ रन बनाए । त्यस्तै इशान पाण्डे २१ रनमा अविजित हुदा आदिल खान १२ रनमा नटआउट रहे । चौथो नम्बरमा ब्याटिङ गर्न आएका कप्तान पारस खड्का भने एक रनमा क्याच आउट भए ।

बलिङतर्फ अनिल खरेल र सिद्धान्त शाहीले समान २–२ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको प्रदेश ५ ले ४२ ओभरमा अलआउट हुदै १२२ रन मात्रै बनाउन सक्यो । प्रदेश पाँचका लागि शुभेन्दु पाण्डेले २० र सुरज दरालले १८ रन बनाए ।

बलिङतर्फ कप्तान पारसले चार विकेट लिए । उनले १० ओभर बलिङ गर्दै तीन ओभर मेडन राखेर २४ रन खर्चिदै चार विकेट लिएका हुन् । त्यस्तै, सूर्य तामाङले तीन र नन्दन यादवले दुई विकेट लिए ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय