+

साग निर्धारित समयमै हुन्छ, शंका नगरौं: सदस्य सचिव सिलवाल

२०७६ साउन  ११ गते १८:४६ २०७६ साउन ११ गते १८:४६
साग निर्धारित समयमै हुन्छ, शंका नगरौं: सदस्य सचिव सिलवाल

११ साउन, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवालले दक्षिण एशियाली खेलकुद (साग) प्रतियोगिता निर्धारित समयमा नै हुने भन्दै आशंका नगर्न गरेका छन् ।

नेपाल खेलकुद पत्रकार मञ्चले शनिबार गरेको कार्यक्रममा परिषद्का सदस्य सचिव सिलवालले कार्यविधि र पूर्वाधारका कारणले खेल नरोकिने बताए । केही खेलका लागि बैकल्पिक रंगशालाको व्यवस्था पनि गरिएकाले कार्यविधि र पूर्वाधारका कारणले खेल प्रभावित नहुने स्पष्ट पारे ।

प्रतियोगिता गर्न राष्ट्रले प्रतिवद्धता जनाईसकेकाले कुनै पनि वहानामा त्यसबाट पछि हट्न नमिल्ने तर्क गरे ।

सार्वजनिक खरिद ऐन र कार्यविधिमा केही जटिलताहरु भएपनि यसबारे सम्बन्धित निकायमा आफुले कुरा राखिसकेकाले फास्ट ट्रयाकबाट भएपनि प्रतियोगिता संचालन गरिने दाबी गरे  । प्रधानमन्त्री, अर्थमन्त्री र खेलकुदमन्त्रीले बजेट अभावमा खेल नरोकिने आश्वासन दिएको उनले बताए ।

 

 

 

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय