काठमाडौं । बेन स्टोकको शतकसँगै इंग्ल्याण्डले तेस्रो एसेज टेष्टमा एक विकेटको रोचक जित हात पारेको छ । यससँगै सिरिज १-१ को बराबरी भएको छ ।
पहिलो पारीमा इंग्ल्याण्ड ६७ रनमा समेटिएपछि टेष्टमा अष्ट्रेलिया हावी भएको थियो । अष्ट्रेलियाले दिएको ३५९ रनको लक्ष्य इग्ल्याण्डले एक विकेट बाँकी छँदा भेट्टायो ।
३ विकेटको क्षतिमा बनाएको १५६ रनबाट चौथो दिनको खेल थालेको इंग्ल्याण्डको पारी स्टोकले सम्हाले । उनी १३५ रनमा अविजित रहे । जोए रुटले ७७ रन बनाए ।
यसअघि अष्ट्रेलियाले पहिलो पारीमा १७९ र दोस्रो पारीमा २४६ रन बनाएको थियो ।
प्रतिक्रिया 4