५ असोज, काठमाडौं । डिफेन्डिङ च्याम्पियन युभेन्टसले इटालियन सिरि ए फुटबलमा जित हात पारेको छ ।
शनिबार राति आफ्नै घरेलु मैदानमा भएको खेलमा युभेन्टसले भेरोनालाई २–१ गोलअन्तरले पराजित गरेको हो । युभेन्टसको जितमा आरोन राम्सी र क्रिष्टियानो रोनाल्डोले गोल गरे । त्यस्तै, भेरोनाको लागि भने मिगुइल भेलोसोले गोल फर्काएका थिए ।
खेलको २०औं मिनेटमा भेलोसोले गोल गर्दैै भेरोनालाई अग्रता दिलाएका थिए । तर खेलको ३१औं मिनेटमा राम्सीले गोल गरेपछि युभेन्टसले १–१ गोलको बराबरी बनाएको थियो ।
पहिलो हाफमा १–१ गोलको बराबरी खेलेको युभेन्टसले खेलको दोस्रो हाफमा अर्को गोल गर्दै जित हात पारेको हो । खेलको ४९औं मिनेटमा युभेन्टसले पेनाल्टी पायो । पेनाल्टीको सदुपयोग गर्दै रोनाल्डोले गोल गरेपछि खेल युभेन्टसले २–१ गोलअन्तरले जित हात पारेको हो ।
प्रतिक्रिया 4