+

सागका लागि २० ब्याडमिन्टन खेलाडी छनोट

२०७६ असोज  १५ गते १५:०३ २०७६ असोज १५ गते १५:०३
सागका लागि २० ब्याडमिन्टन खेलाडी छनोट

१५ असोज, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद -साग)का लागि २० जना ब्याडमिन्टन खेलाडी छनोट भएका छन् ।

नेपाल ब्याडमिन्टन संघले राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको छनौट प्रतियोगिताबाट १० पुरुष र १० महिला गरी कुल २० खेलाडी छनोट गरेको हो ।

आठौं राष्ट्रिय खेलकुदबाट पहिलो चरणमा छनोट भएका १७ पुरुष र १७ महिला खेलाडीबाट सागको लागि छनोट गरेको संघका सचिव नविन बिक्रम शाहले जानकारी दिएका छन् ।

सोमबारबाट सुरु भएको छनोट प्रतियोगिताबाट पुरुषतर्फ रत्नजित तामाङ, दिपेश धामी, बिकास श्रेष्ठ, पि्रन्स दाहाल, नविन श्रेष्ठ, प्रफुल महर्जन, सुनिल जोशी, बिष्णु कटुवाल, जीवन आचार्य र साजन कृष्ण ताम्राकार छनोट भएका छन् ।

त्यस्तै महिलातर्फ नङ्शल तामाङ, रशिला महर्जन, जेशिका गुरुङ, सीमा राजवंशी, पूजा श्रेष्ठ, अनुमाया राई, अमिता गिरी, सिता राई, निता लम्साल र शोभा गौचन रहेका छन् ।

खेलाडीहरुलाई साग प्रतियोगिताको तयारीका क्रममा बाँकी समय पोखरामा बन्द प्रशिक्षण दिइने छ । १३ औं सागमा ब्याडमिन्टनको प्रतिस्पर्धा पोखरा रंगशालास्थित बहुउद्घेश्यीय कभर्डहलमा हुनेछ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय