२८ असोज, काठमाडौं । नेपाली क्रिकेट टिमको कप्तानी छाडेको घोषणा गरेका पारस खड्काले अबको कप्तान ज्ञानेन्द्र मल्ललाई बनाउँदा उपयुक्त हुने बताएका छन् ।
अनलाइनखबरससँगको कुराकानीमा उनले लामो समयदेखि उपकप्तान रहेका ज्ञानेन्द्रलाई कम्तीमा एक वर्ष नेपाली क्रिकेट टिमको कप्तानी गर्न दिनु उपयुक्त हुने बताएका हुन् ।
यद्यपी कप्तान कसलाई बनाउने भन्ने निर्णय नेपाल क्रिकेट संघ र छनोटकर्ताहरुको भएको पारसले बताए । त्यसपछि भने दीपेन्द्रसिंह ऐरिलगायत अरु पनि क्षमतावान खेलाडीलाई कप्तान बनाउन सक्ने उनले बताए ।
प्रतिक्रिया 4