+

दक्षिण कोरियामाथि ब्राजिलको सहज जित

२०७६ मंसिर  ३ गते २१:२१ २०७६ मंसिर ३ गते २१:२१
दक्षिण कोरियामाथि ब्राजिलको सहज जित

काठमाडौं । ब्राजिलले मैत्रिपूर्ण खेलमा दक्षिण कोरियामाथि सहज जित हात पारेको छ ।

मंगलबार राति भएको खेलमा ब्राजिलले ३-० को जित निकालेको हो । उसको जितमा लुकास पाकेटा, फिलिप काउटिन्हो र डानिलोले गोल गरे ।

कोपा अमेरिका विनेता ब्राजिल शुक्रबार मात्र चिरप्रतिद्वन्द्वी अर्जेन्टिनासँग १-० को हार व्यहोरेको थियो ।

तर कोरियाविरुद्ध पुन लयमा फर्किएको छ । उसले नवौं मिनेटमा नै लुकासको गोलबाट अग्रता लिएको थियो । ३६ औं मिनेटमा काउटिन्होले फि्र किक गोल गर्दा ब्राजिल २-० ले अगाडि रहृयो ।

खेलको ६० औं मिनेटमा डानिलोले गोल गरेपछि ब्राजिल ३-० को सहज जित हात पार्न सफल भयो ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय