+

ए डिभिजन लिग : हिमालयन शेर्पा र फ्रेण्ड्सबीच गोलरहित बराबरी

२०७६ पुष  २२ गते १७:३५ २०७६ पुष २२ गते १७:३५
ए डिभिजन लिग : हिमालयन शेर्पा र फ्रेण्ड्सबीच गोलरहित बराबरी

२२ पुस, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा अन्तर्गत मंगलबार भएको खेलमा हिमालयन शेर्पा र फ्रेण्ड्स क्लबले गोलरहित बराबरी खेलेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलको मंगलबारको नतिजापछि पाँचौं चरणसम्म पनि दुवै टोली जितविहीन छन् ।

दुवै टोलीले गोलका अवसर बनाए पनि सदुपयोग गर्न नसक्दा अंक बाँड्न बाध्य भए ।

फ्रेण्ड्सले दुवै हाफमा एक-एक मौका गुमायो । दोस्रो हाफमा हिमालयन शेर्पाले फ्रेण्ड्समाथि दबाब बनाए पनि गोल गर्न सकेन । हिमालयन शेर्पाका खेलाडी दुई  पटक वान भर्सेस वानमा चुके ।

ईन्जुरी टाइमको दोस्रो मिनेटमा हिमालयन शेर्पाका त्रिदेव गुरुङले वान भर्सेज वानमा गोल गर्ने अवसर गुमाए र  विसन गुरुङलाई क्रस दिएका थिए तर उनको प्रहार पोष्टमाथिबाट बाहिरियो ।

जारी लिगमा हिमालयन शेर्पाको यो तेस्रो बराबरी हो भने फ्रेन्डसको दोस्रो ।

बराबरीपछि ५ खेलबाट ३ अंक जोडेको हिमालयन शेर्पा १२ औं र २ अंक जोडेको फ्रेण्ड्स १३ औं स्थानमा छ ।

ए डिभिजन लिग फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय