+

पुलिसलाई हराउँदै मनाङ तेस्रो स्थानमा फर्कियो

२०७६ माघ  २८ गते १८:०५ २०७६ माघ २८ गते १८:०५
पुलिसलाई हराउँदै मनाङ तेस्रो स्थानमा फर्कियो

काठमाडौं । साविक विजेता मनाङ मर्स्याङ्दी क्लब केही घण्टापछि नै सहिद स्मारक ए डिभिजन लिगको तेस्रो स्थानमा फर्किएको छ । लिग अन्तर्गत मंगलबार भएको खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई २-० ले पराजित गर्दै मनाङले थ्री स्टारलाई अंक तालिकामा पछि पारेको हो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा मनाङका लागि विमल राना र अन्जन विष्टले पहिलो हाफमा गोल गरेका थिए । अन्तिम समयमा पुलिसका विशाल बस्नेतले रातो कार्ड खाएका थिए ।

खेलको ३१औं मिनेटमा विमल रानाले पुलिसका डिफेण्डर अन्जन राईको गल्तीमा गोल गर्दै मनाङलाई अग्रथा दिलाएका थिए । ४१औं मिनेटमा अन्जन विष्टले निशान सुब्बाको क्रसमा हेडमार्फत गोल गर्दै पहिलो हाफमै अग्रता दोब्बर पारे ।

दोस्रो हाफमा भने दुवै टोलीले गोल गर्न सकेनन् । ९०औं मिनेटमा विशालले मनाङका विमल रानालाई खराब फउल गरेपछि रेफ्री सुदीप पाण्डेले विशाललाई सिधै रातो कार्ड देखाएका थिए ।

जितपछि १२ खेलबाट २३ अंक जोड्दै मनाङ तेस्रो स्थानमा उक्लेको छ । समान खेलबाट २२ अंक जोडेको थ्री स्टार चौथोमै झरेको छ । थ्री स्टारले मंगलवारै एनआरटीलाई १-० ले पराजित गरेको थियो ।

साविक विजेता मनाङ यस पटक उपाधि रक्षा होडबाट बाहिरिसकेको छ । पुलिसलाई हराएपछि मनाङले शीर्ष चारमा रहने पक्का भएको छ । मनाङले अब अन्तिम खेलमा जावलाखेल युथ क्लबसंग खेल्नेछ । यस्तै पुलिसले फ्रेण्ड्स क्लबसँग खेल्नेछ ।

१२ खेलबाट १७ अंक रहेको पुलिसल छैटौँ स्थानमा छ । पुलिसले अब अन्तिम खेल जितेमा शीर्ष ६ मा रहेर लिग सकाउनेछ ।

पुलिसविरुद्ध गोल गरेका विमल र अन्जन दुवैले यस सिजनमा लिगमा गोल संख्या ६-६ पुर्‍याएका छन् । सर्वाधिक गोल गर्नेमा दुवै खेलाडी बर्मीका नवयुग श्रेष्ठसँगै संयुक्त रुपमा तेस्रो स्थानमा छन् । एपीएफका आशिष लामा ८ गोलसहित शीर्ष स्थानमा छन् भने ७ गोल गरेका च्यासलका सन्तोष साहुखल दोस्रो स्थानमा छन् ।

ए डिभिजन लिग नेपाल पुलिस क्लब मनाङ मर्स्याङ्दी क्लव
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

वेबस्टोरिज

6 Stories
धेरै सपना देख्नु राम्रो होइन, किन ?

धेरै सपना देख्नु राम्रो होइन, किन ?

- अनलाइनखबर २०८१ असोज १० गते १८:१६
7 Stories
तपाईं ‘हाफ नेपाली’ हो ? भन्ने प्रश्नमा अदितीको यस्तो जवाफ

तपाईं ‘हाफ नेपाली’ हो ? भन्ने प्रश्नमा अदितीको यस्तो जवाफ

- अनलाइनखबर २०८१ असोज १० गते १७:५३
3 Stories
तीन तरिका, कसरी चिन्ने शुद्ध मह ?

तीन तरिका, कसरी चिन्ने शुद्ध मह ?

- अनलाइनखबर २०८१ असोज १० गते १७:३२
5 Stories
गर्भावस्थामा शारीरिक सम्बन्ध कति सुरक्षित ?

गर्भावस्थामा शारीरिक सम्बन्ध कति सुरक्षित ?

- अनलाइनखबर २०८१ असोज १० गते १७:२४
6 Stories
मकैको च्याख्ला उत्तम कि चामल ?

मकैको च्याख्ला उत्तम कि चामल ?

- अनलाइनखबर २०८१ असोज १० गते १४:४१