+

उपाधिका लागि मछिन्द्र र आर्मीको घम्साघम्सी

२०७६ फागुन  ३ गते १८:४९ २०७६ फागुन ३ गते १८:४९
उपाधिका लागि मछिन्द्र र आर्मीको घम्साघम्सी

३ फागुन, काठमाडौं । शनिबार दशरथ रंगशालामा सहिद स्मारक ‘ए’ डिभिजन लिग २०७६ को उपाधिका लागि मछिन्द्र क्लब र त्रिभुवन आर्मी क्लब भिडे । यो खेल जसले जित्दा पनि पहिलोपटक लिग उपाधि जित्ने इतिहास रच्ने अवसर बन्थ्यो । आर्मीका लागि खेल बराबरी गर्दा नै पुग्थ्यो ।

मछिन्द्रले १-० गोलअन्तरले बाजी मारेपछि उपाधि उसकैको पोल्टामा पुग्यो । अंकतालिका रोमाञ्चक बनेपछि लिगको अन्तिम खेल फाइनलका रुपमा परिणत भएको थियो ।

खेलमा आर्मीको तुलनामा मछिन्द्रका खेलाडीले बलियो प्रदर्शन गरे । फ्रीककबाट आएको बल क्लियर गर्ने चक्करमा आत्मघाती गोल हुँदा आर्मीले दुर्भाग्य बेहोर्‍यो भने मछिन्द्रलाई त्यही गोलले लिग जितायो ।

निकै रोचक भएको उपाधि भिडन्तमा दुई टिममा खेलाडीले आफ्नो सक्दो ‘इफोर्ट’ लगाए । दुबै टिमको सशक्त प्रदर्शनले खेल ‘फाइनल’कै रुपमा देख्न पाइयो ।

लेखक
आर्यन धिमाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय