Comments Add Comment

ला लिगा दुई सातालाई स्थगित, रियल मड्रिडका सबै खेलाडी क्वारेन्टाइनमा

२९ फागुन, काठमाडौं । कोरोना भाइरसको असरका कारण स्पानिस फुटबल पनि प्रभावित बनेको छ । स्पेनको शीर्ष श्रेणीको फुटबल ला लिग दुई साता स्थगित भएको छ ।

कोरोनाले महामारीको रुप लिन थालेपछि ला लिगाले स्पानिस फुटबल फेडेरेसनसंगको छलफलपछि दुई सातालाई खेल स्थगित गरेको हो ।

यस्तै रियल मड्रिडका खेलाडीहरु क्वारेन्टाइनमा बस्नुपर्ने भएको छ । क्लबको बास्केटबल खेलाडीलाई कोरोना पोजिटिभ देखिएपछि संगै प्रशिक्षण गर्ने भएकोले फुटबल खेलाडी पनि क्वारेन्टाइनमा जानु परेको हो । क्लबे आफ्नो स्पोर्ट्स सिटीमा सबै सुविधाहरु बन्द गरेको छ ।

रियल मड्रिड क्वारेन्टाइनमा जानु परेको र अन्य खेलाडीमा समेत कोरोना पोजिटिभ हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै ला लिगाको खेल स्थगित गरिएको जनाइएको छ ।

रियलका खेलाडी क्वारेन्टाइनमा बसेपछि च्याम्पियन्स लिग अन्तर्गत म्यानचेष्टर सिटीविरुद्धको अन्तिम १६ को दोस्रो लेग खेल समेत रोकिने सम्भावना बढेको छ । रियलले मंगलवार इंग्लिस क्लबसंग दोस्रो लेगको खेल खेल्नेछ । ला लिगामा दोस्रो स्थानमा रहेको रियलले यही शुक्रवार आइबरसंग खेल्ने तालिका थियो । रियलले यस खेलको प्रिम्याच लगायत सबै गतिविधि रद्ध गरिसकेको छ ।

कोरोनाकै कारण इटल का अप्रिल ३ सम्म सबै खेलगतिविधि स्थगित गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment