Comments Add Comment

मेस्सी गोल मात्र गर्दैनन्, गोलका लागि सहयोग गर्न पनि माहिर छन्

१० असार काठमाडौं । बार्सिलोना तथा अर्जेन्टिनाका राष्ट्रिय टिमका कप्तान लियोनल मेस्सी गोल गर्न माहिर छन् । स्पानिस क्लब बार्सिलोनाको इतिहासमा मेस्सीभन्दा धेरै गोल कसैले गरेका छैनन् ।

अर्जेन्टनाको फुटबल इतिहासमा पनि मेस्सीभन्दा धैरै गोल कसैले गरेको छैन । मेस्सीले एकै क्यालेन्डर इअरमा पनि धेरै गोल गरेका थिए । उनले जति एकै क्यालेन्डर इअरमा कसैले गोल गरेका छैनन् । सन् २०१२ मा मेस्सीले कीर्तिमानी ९१ गोल गरेका थिए ।

यी सबैभन्दा पनि मेस्सी एक कम्प्लिट फुटबलर हुन । जब आवश्यकता पर्छ त्यस बेला मेस्सीले उपलब्ध गराउने पासमा उनको खेलको सुन्दरता झल्कन्छ ।

बार्सिलोनाका सुपरस्टार जति गोल स्कोर छन् त्यति नै गोलका लागि अवसर सिर्जना गर्न माहिर छन् । उनले क्याटलना क्लबका लागि धेरै पटक यसो गरिसकेका छन् ।

मिडफिल्डदेखि अट्याकसम्म जता पनि खेल्नसक्षम मेस्सीले गोलका लागि मात्र नाम बनाएका छैनन् । बार्सिलोनाका ला मासिया एकेडेमीका प्रोडक्ट मेस्सीका लागि सही पास उपलब्ध गराउनु उनको फुटबलिङ डिएनएमै छ ।

सामुएल एटो थियरी अनरी ज्लाटन इब्राहिमोभिच लुइस सुअरेज जस्ता सुपरस्टार स्ट्राकइरसँगै खेलेका मेस्सीले आफ्ना टिममेटका लागि धेरै अवसर पनि सिर्जना गरेका छन् ।

मेस्सी बार्सिलोना र अर्जेन्टिनाका लागि सर्वाधिक गोलकर्ता हुन् नै बालोन डे’ओर अवार्ड सर्वाधक ६ पटक जितेका छन् । यस्तै युरोपियन गोल्डेन बुट पनि सर्वाधिक ६ पटक नै जितेका छन् ।

मेसिले सन् २०१४ को फिफा विश्वकपमा बेस्ट प्लेअरको अवार्ड जितेका थिए । उनकै कप्तानीमा अर्जेन्टिना ब्राजिलमा भएको उक्त विश्वकपमा फाइनल पुगेको थियो ।

मेस्सीले यस सिजन ला लिगामा २१ गोल र १५ असिस्ट गरेका छन् । गोल गर्ने र असिस्ट गर्नेमा उनी शीर्ष स्थानमा छन् ।

स्पानिस ला लिगामा मेस्सीले गोलका लागि गरेका उत्कृष्ट असिस्टहरु यस्ता छन् –

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment