+

अग्रता जोगाउन नसक्दा लिभरपुल बराबरीमा रोकियो

२०७७ असार  २८ गते ६:१२ २०७७ असार २८ गते ६:१२
अग्रता जोगाउन नसक्दा लिभरपुल बराबरीमा रोकियो

२८ असार, काठमाडौं । प्रिमियर लिग च्याम्पियन लिभरपुल पछिल्लो खेलमा बर्नलीसँग १-१ को बराबरीमा रोकिएको छ । घरेलु मैदान एनफिल्डमा शनिवार भएको खेलमा एक गोलको अग्रता जोगाउन नसक्दा लिभरपुलले बराबरी खेलेको छ ।

सन् २०१९ जनवरीयता लिभरपुलले घरेलु मैदानमा अंक गुमाएको यो पहिलो पटक हो ।

खेलको ३४औं मिनेटमा एन्ड्रु रोवर्टसनले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । ६९औं मिनेटमा जे रोड्रिगेजले बर्नलीका लागि बराबरी गोल फर्काए ।

बर्नलीका गोलकिपर निक पोपले उत्कृष्ट प्रदर्शन गर्दा लिभरपुल थप गोल गर्न असफल भएको थियो ।

बराबरीपछि ३५ खेलबाट च्याम्पियन लिभरपुलले ९३ अंक जोडेको छ । समान खेलबाट ५० अंक जोडेको बर्नली नवौं स्थानमा उक्लेको छ ।

प्रिमियर लिग लिभरपुल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय