+

सिटीलाई हराउँदै आर्सनल एफए कपको फाइनलमा

२०७७ साउन  ४ गते ८:०९ २०७७ साउन ४ गते ८:०९
सिटीलाई हराउँदै आर्सनल एफए कपको फाइनलमा

४ साउन, काठमाडौं । पिएरे एमरिक औबामेयाङको दुई गोल मद्दतमा आर्सनलले एफए कप सेमिफाइनलमा म्यानचेष्टर सिटीलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको छ ।

वेम्बली मैदानमा भएको खेलमा आर्सनलले सिटीलाई २-० ले पराजित गरेको हो । खेलको १९ मिनेटमा निकोलस पेपेको पासमा औबामेयाङले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए ।

७१औं मिनेट किरण टर्नेको पासमा औबामयाङले व्यक्तिगत दोस्रो गोल गरेका थिए ।

आर्सनलले अब उपाधिका लागि म्यानचेष्टर युनाइटेड र चेल्सीबीचको दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ ।

फाइनल खेल अगष्ट १ मा हुनेछ ।

आर्सनल एफए कप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय