+

ओलम्पिक कमिटीको कार्यालय अझै एक साता बन्द हुने

२०७७ साउन  ३१ गते ६:४० २०७७ साउन ३१ गते ६:४०
ओलम्पिक कमिटीको कार्यालय अझै एक साता बन्द हुने

३१ साउन काठमाडौं । पछिल्लो पटक काठमाडौं उपत्यकामा कोरोना संक्रमणको दर बढ्दै गएपछि नेपाल ओलम्पिक कमिटी (एनओसी) ले आफ्नो कार्यालय थप एक साता बन्द गर्ने भएको छ ।

एनओसीले यसअघि तीन दिनको लागि कार्यालय बन्द गर्ने निर्णय गरेको थियो । तर दैनिक रुपमा कोरोनाको संक्रमण बढ्न थालेपछि एनओसीले सातदोबाटोस्थित आफ्नो कार्यालय अगष्ट २१ सम्मको लागि बन्द गर्ने निर्णय गरेको हो ।

ओलम्पिक कमिटीका उपाध्यक्ष तथा कार्यकारी अधिकृत चतुरानन्द राजवैद्यले शुक्रवार विज्ञप्ती जारी गर्दै कार्यालय अगष्ट २१ सम्म बन्द रहने र त्यो समयमा घरबाटै काम गरिने जानकारी दिएका छन् ।

नेपाल ओलम्पिक कमिटी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय