+

‘बार्सिलोना आउनु नै सपना पूरा हुनु हो’

२०७७ भदौ  २६ गते ९:०८ २०७७ भदौ २६ गते ९:०८
‘बार्सिलोना आउनु नै सपना पूरा हुनु हो’

२६ भदौ, काठमाडौं । मिरालेम प्यानिचले स्पानिस क्लब बार्सिलोना पुगेका छन् । उनी इटलीको टुरिनबाट प्राइभेट प्लेनमा बार्सिलोना पुगेका हुन् । कोभिड-१९ पोजेटिभ देखिएपछि प्यानिच टुरिनमा दुई साता क्वारेन्टिनमा बसेका थिए ।

बोस्नियन मिडमिल्डर युभेन्ट्सबाट बार्सिलोनामा अनुबन्ध भएका हुन् । अब उनले बार्सिलोनामा प्रशिक्षण सुरु गर्न ला लिगाको अनिवार्य पिसिआर टेष्ट गराउनुपर्नेछ । प्रोटोकल अनुसार दोस्रो पटक पिसिआर टेष्ट गर्नुअघिसम्म उनले एक्लै प्रशिक्षण गर्नुपर्नेछ ।

स्टार लिओनल मेसी, फिलिप काउटिन्होले पनि टिममेटसँग प्रशिक्षण गर्नुअघि त्यसै गरेका थिए ।

क्याटलान क्लबले प्यानिचलाई अर्को हप्ता प्रस्तुत गर्ने जनाएको छ ।

प्यानिचले बार्सिलोना आउनु नै सपना पूरा हुनु रहेको बताएका छन् । ‘यो क्लबको सदस्य हुन पाउनु सपना पूरा हुनु हो,’ प्यानिचले भने, ‘क्याम्प नोउमा खेल्नको लागि अब कुर्न सक्दिनँ ।’

बार्सिलोना
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय