+

ला लिगा बार्सिलोनालाई पछि पार्दै भियारियाल तेस्रो स्थानमा

२०७७ पुष  २५ गते ९:४० २०७७ पुष २५ गते ९:४०
ला लिगा बार्सिलोनालाई पछि पार्दै भियारियाल तेस्रो स्थानमा

२५ पुस, काठमाडौं । सेल्टाभिगोलाई पराजित गर्दै भियारियाल स्पानिस ला लिगामा तेस्रो स्थानमा उक्लेको छ । गएराति सेल्टाको मैदानमा भएको खेलमा भियारियाल ४-० ले वियजी भएको हो ।

भियारियालले सबै गोल पहिलो हाफमै गरेको थियो ।

खेलको पाँचौ मिनेटमै जेरार्ड मवरेनोले गोल गर्दै भियारियाललाई अग्रता दलाएका थिए । १४ मिनेटमा मोइ गोमेजले गोल गर्दै अग्रता दोब्बर पारे । यस्तै १९औं मिनेटमा डानिएल परेजो र ३१औं मिनेटमा फेर निनोले गोल गरेपछि भियारियालले ४ गोलको अग्रता बनायो ।

त्यसपछि थप गोल हुन सकेन र भियारियालले सहज जित हात पार्‍यो ।

जितपछि १८ खेलबाट ३२ अंक जोड्दै भियारियाल तेस्रो स्थानमा उक्लेको हो । एक खेल कम खेलेको बार्सिलोना ३१ अंकसहित चौथो स्थानमा छ ।

स्पानिस ला लिगा
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय