+

नेपाल सुपर लिग फुटबल वैशाख ११ देखि

२०७७ फागुन  १० गते १६:३५ २०७७ फागुन १० गते १६:३५
नेपाल सुपर लिग फुटबल वैशाख ११ देखि

१० फागुन, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिता आउँदो वैशाख ११ गते सुरु हुने भएको छ ।

नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट (एनएसइएम)  को आयोजना तथा अखिल नेपाल फुटबल संघ (एन्फा)काे प्राविधिक सहयाेगमा वैशाख ११ देखि २५ गतेसम्म नेपाल सुपर लिग आयाेजना हुने साेमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

२०७६ सालमा आयाेजना गर्नेगरी २०७५ सालमै घाेषणा भएकाे याे लिग घोषणामै सीमित थियो । अब आन्तरिक तयारी पूरा भएकाे सुपर लिग आयोजकले जानकारी दिएको छ ।

लिगमा प्रदेशकाे प्रतिनिधित्व गर्ने गरी शहरकाे फ्रन्चाईज टिमकाे सहभागिता हुने र अक्सनमार्फत फ्रेन्चाइज टिम बनाउने आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टले जानकारी दिएको छ ।

यो लिगलाई व्यवसायिक लिगकाे रुपमा परीक्षण गर्न लागेको अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पाले बताए । उनले देशको मुख्य लिग भने शहीद स्मारक लिग नै हुने पनि बताए ।

एनसएसएल राउण्ड राेविन लिगका आधारमा १९ खेल हुनेछ । यस्तै हरेक टिममा २० खेलाडी हुनेछन् । टिमकाे नाम र टिम मालिककाे जानकारी एक विशेष समाराेह  गरी सार्वजनिक गर्ने आयोजकको तयारी छ ।

खेलाडीलाई ए देखि डी श्रेणीमा छुट्याएर अक्सन गरिनेछ । यस लिगका लागि एन्फाले दुई महिनाकाे समय दिएकाे शेर्पाले बताए र त्याे समयमा क्लबहरुले आफ्ना खेलाडीलाई लिगका लागि रिलिज गर्न सक्नेछन् । लिग दशरथ रंगशालामा हुनेछ ।

लिगका लागि एन्फा र एनएसईएमबीच २०१९ जनवरी १ मै सम्झाैता भएकाे थियाे । विभिन्न कारणले दुई वर्ष ढिला भइसकेकाले याे पटक कम्तीमा लिग सुरुवात गरिने र अर्काे वर्ष राम्राेसंग गर्न सकिने आयोजकले जनाएको छ ।

खेलकुद नेपाल सुपर लिग फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय