+

ललितपुर महिला वुमन्स च्याम्पियनसिपमा एपीएफको लगातार दोस्रो जित

२०७७ चैत  २२ गते १३:४३ २०७७ चैत २२ गते १३:४३
ललितपुर महिला वुमन्स च्याम्पियनसिपमा एपीएफको लगातार दोस्रो जित

२२ चैत, काठमाडौं । विभागीय टोली एपीएफले ललितपुर मेयर वुमन्स च्याम्पियनसिप टी–२० क्रिकेटमा लगातार दोस्रो जित हात पारेको छ ।

कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा आइतबार भएको खेलमा एपीएफले सुदूरपश्चिम प्रदेशलाई ३७ रनले हरायो । एपीएफले दिएको १२८ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले १९ ओभरमा सबै विकेट गुमाएर ९० रनमा अलआउट भयो ।

सुदूरपश्चिमका लागि सुनिता लुहारले सर्वाधिक २३ रन बनाइन् । यस्तै डोली भट्टले १६ र रेवती धामीले १२ रन बनाए आउट भइन् । सुदूरपश्चिमका अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।

एपीएफकी बिनु बुढाले ३ विकेट लिइन् । यस्तै सीता राना मगर र सुमन विष्टले २/२ तथा रेखा रावल र सुष्मा श्रेष्ठले एक-एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले २० ओभरमा २ विकेट गुमाएर १२७ रन बनाएको थियो । एपीएफका लागि ज्योति पाण्डेले ५९ रन बनाइन् । यस्तै सरिता मगरले अविजित ३५ रन बनाइन् । कप्तान सरिता राना मगर १६ रन बनाएर आउट भइन् ।

सुदूरपश्चिमकी कविता जोशी र सुनिता लुहारले १/१ विकेट लिए । लगातार दोस्रो जितपछि एपीएफले २ खेलमा ४ अंक जोडेको छ । एपीएफले पहिलो खेलमा प्रदेश १ लाई ८ विकेटले हराएको थियो ।

सुदूरपश्चिमको भने यो पहिलो हार हो । सुदूरपश्चिमले पहिलो खेलमा ललितपुर मेयर्स-११ लाई ७ विकेटले हराएको थियो ।

ललितपुर मेयर वुमन्स क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

वेबस्टोरिज

6 Stories
६ वर्षमुनिका बच्चालाई सिकाउनैपर्ने ६ कुरा

६ वर्षमुनिका बच्चालाई सिकाउनैपर्ने ६ कुरा

- अनलाइनखबर २०८१ असोज ११ गते ११:४०
6 Stories
धेरै सपना देख्नु राम्रो होइन, किन ?

धेरै सपना देख्नु राम्रो होइन, किन ?

- अनलाइनखबर २०८१ असोज १० गते १८:१६
7 Stories
तपाईं ‘हाफ नेपाली’ हो ? भन्ने प्रश्नमा अदितीको यस्तो जवाफ

तपाईं ‘हाफ नेपाली’ हो ? भन्ने प्रश्नमा अदितीको यस्तो जवाफ

- अनलाइनखबर २०८१ असोज १० गते १७:५३
3 Stories
तीन तरिका, कसरी चिन्ने शुद्ध मह ?

तीन तरिका, कसरी चिन्ने शुद्ध मह ?

- अनलाइनखबर २०८१ असोज १० गते १७:३२
5 Stories
गर्भावस्थामा शारीरिक सम्बन्ध कति सुरक्षित ?

गर्भावस्थामा शारीरिक सम्बन्ध कति सुरक्षित ?

- अनलाइनखबर २०८१ असोज १० गते १७:२४