+

सिकको दुई गोलमा चेकरिपब्लिकले स्टकल्याण्डलाई हरायो

२०७८ जेठ  ३१ गते २१:०२ २०७८ जेठ ३१ गते २१:०२
सिकको दुई गोलमा चेकरिपब्लिकले स्टकल्याण्डलाई हरायो

३१ जेठ, काठमाडौं । प्याट्रिक सिकको दुई गोल मद्दतमा चेक रिपब्लिकले युरोकप २०२० मा विजयी सुरुवात गरेको छ ।

युरोकप अन्तर्गत भर्खरै सकिएको समूह डी को खेलमा चेक रिपब्लिकले स्कटल्याण्डलाई २-० ले पराजित गरेको हो ।

स्कटल्याण्डको ग्लास्कवस्थित हाम्पडेनपार्कमा भएको खेलमा सिकले दुवै हाफमा गोल गरे । उनले ४२ औं मिनेटमा गोल गर्दै चेकलाई अग्रता दिलाएका थिए ।

दोस्रो गोल ५२ औं मिनेटमा गरे । सिकले मैदानको मध्यभाग नजिकैबाट शानदार गोल गरेका हुन् ।

घरेलु मैदानमा भएको खेलमा स्कटल्याण्डले पनि गोल गर्ने अवसर पाएको थियो तर क्रस बार र चेक गोलकिपर बाधक बने ।

जितपछि चेक रिपब्लिकले ३ अंक जोडेको छ ।

खेलकुद फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय