३ असार, काठमाडौं । १६औं संस्करणको युरोकपमा आज तीन खेल हुँदैछ । समूह बी को एक खेल र समूह सी को दुई खेल हुनेछन् ।
समूह बी मा अन्तर्गत बेल्जियम र डेनमार्कबीचको खेल राति ९:४५ बजे सुरु हुनेछ । खेल डेनर्माको घरेलु मैदान कोपनहेगनमा हुनेछ ।
पहिलो खेलमा बेल्जियमले रुसलाई ३-० ले पराजित गरेको थियो । डेनमार्क भने डेब्युटान्ट फिनल्याण्डसँग १-० ले पराजित भएको थियो ।
यस खेलअघि साँझ समूह सी मा रहेका युक्रेन र नर्थ मेसेडोनियाबीचको खेल हुनेछ । यो खेल रोमानियाको बुखारेस्टस्थित नेशनल एरेनामा ६:४५ मा बजे सुरु हुनेछ ।
युक्रेन पहिलो खेलमा नेदरल्याण्ड्ससँग ३-२ ले पराजित भएको थियो । डेब्युटान्ट नर्थ मेसेडोनिया भने अष्ट्रियासँग ३-१ ले हारेको थियो । दुवै टोली पहिलो जितको खोजीमा छ ।
यस्तै पहिलो खेल जितेका नेदरल्याण्ड्स र अष्ट्रियाबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ । यस खेल नेदलरल्याण्ड्सको घरेलु मैदान जोहान क्रस एरेनामा हुनेछ।
प्रतिक्रिया 4