९ असार, काठमाडौं । युरोकप २०२० अन्तर्गत लण्डनस्थित वेम्वलीमा हुने सेमिफाइनल र फाइनल खेल हेर्नका लागि ६० हजार दर्शकले स्टेडियममा प्रवेश पाउने भएका छन् ।
बेलायत सरकारले अन्तिम तीन खेलका लागि दर्शकको संख्या बढाउने निर्णय गरेको हो । जसअनुसार सेमिफाइनल र फाइनलमा ६० हजारभन्दा बढी दर्शकले स्टेडियममा खेल हेर्न पाउनेछन् ।
बेलायत सरकारले वेम्वलीको क्षमताको ७५ प्रतिशत समर्थकलाई अनुमति दिने निर्णय गरेको यूईएफएले जनाएको छ । स्टेडियममा प्रवेश गर्ने सबै दर्शकले कोभिड-१९ को रिक्वायरमेन्ट पालना गर्नुपर्नेछ ।
युरोकपको सेमिफाइनल खेल जुलाई ६ र ७ तथा फाइनल जुलाई ११ मा हुनेछ ।
यूईएफएका अध्यक्ष अलेक्जान्डर कफेरिनले यो राम्रो समाचार भएको बताएका छन् ।
‘यो राम्रो समाचार हो । धेरै समर्थकले युरो २०२० को अन्तिम तीन खेलमा वेम्वलीमा हेर्न पाउनेछन्,’ कफेरिनले भने ।
वेम्वलीमा खेल हेर्न जानका लागि कोभिड-१९ नेगेटिभ रिपोर्ट हुनुपर्नेछ वा १४ दिनअघि दुई डोजको खोप लगाएको हुनुपर्छ ।
पहिलो पटक ११ दशमा आयोजना भइरहेको युरोकपको १६औं संस्करणको समूह चरणका खेलहरु आजबाट सकिँदैछ ।
प्रतिक्रिया 4