+

न्युजिल्याण्डलाई हराउँदै जापान ओलम्पिक फुटबलको सेमिफाइनलमा

२०७८ साउन  १६ गते १९:२९ २०७८ साउन १६ गते १९:२९
न्युजिल्याण्डलाई हराउँदै जापान ओलम्पिक फुटबलको सेमिफाइनलमा

१६ साउन, काठमाडौं । जापान ओलम्पिकको पुरुष फुटबलमा सेमिफाइनल प्रवेश गरेको छ । शनिबार भएको दोस्रो क्वार्टरफाइनलमा न्युजिल्यान्डलाई पेनाल्टी सुटआउटमा हराएर जापान अन्तिम चारमा प्रवेश गरेको हो ।

कासिमा सकर स्टेडियममा भएको खेलको निर्धारित ९० मिनेट र ३० मिनेटको समयक खेल गोलरहित बराबरीमा सकिएपछि खेल सुटआउटमा गएको हो ।

पेनाल्टी सुटआउटमा जापानका लागि आएसे उएदा, को इटाकुरा, युता नाकायामा र माया योशिदाले गोल गरे ।

न्युजिल्याण्डका लागि क्रिस उड र कलुम म्याककोवाटले मात्र गोल गरे । लिबेराटो काकास र क्लेटन लेविसले गोल गर्न सकेनन् । जापानले अब फाइनल प्रवेशका लागि स्पेनसंग खेल्नेछ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय