सउल । कोरियाको मुख्य चाड चुसकमा विभिन्न प्रवासी नेपाली सङ्घ संस्थाहरुले नेपालबाट ख्याति प्राप्त कलाकारहरुलाई कोरिया बोलाउने होड्बाजी चलिरहेको बेला कोरियामा रहेको “सुनाखरी साङ्गीतिक समूह”भने कोरियाका नेपालीहरूलाई निःशुल्क साङ्गीतिक दिने तयारीमा जुटेको छ । कोरियामा २५ हजार भन्दा बढी नेपालीहरू रहेपनि प्रत्येक वर्ष हुने कार्यक्रमा दर्शक दिर्घा भन्दा खालि कुर्सी बढी हुनु र बेला बेलामा दर्शकको घुइचो भए पनि व्यवस्थापनको फितलो पनले टिकट काट्ने पैसा र समय मात्र नास भएको पुराना भुक्तभोगिहरुको गुनासा रहँदै आएका छन् ।
२०१३ को चुसकको अवसरमा ४ वटा संस्थाले गर्ने कार्यक्रमले के कति सफलता पाउँछ त्यसको मूल्याङ्कन समयले गर्ने नै छ । तर कोरियामा रहेका प्रवासी नेपालीहरूले चुसकको बिदालाई निशुलुक र उल्लासमयपुर्ण बनाउन सुनाखरी साङ्गीतिक समूह” जुटेको छ । बिदेशीहरुको राजधानी भनेर चिनिएको आन्सान सहरलाई नेपालीहरूको केद्रबिन्दु बनाएर उक्त कार्यक्रम गर्न लागिएको हो ।यही सेप्टेम्बर १८ तारिख बुधवार साझ पाच बजेदेखि गरिनलागेको उक्त कार्यक्रम लागि करिब एकहजार सिट क्षमता भएको आन्सान स्टेसनमै रहेको काठमाण्डौं रेष्टुरेन्ट रोज्नु परेको “सुनाखरी साङ्गीतिक समूह” का निर्देशक रमेश संग्रैालाले बताए ।
निःशुल्क सङ्गीतको स्वाद पस्किनुको मुख्य उदेश्य भनेको नेपाली संस्कृति र पहिचानको जगेर्ना गर्नु रहेको काठमाण्डौं रेष्टुष्टुरेण्टका सञ्चालक मनोज डाँगी बताउछन । “सुनाखरी साङ्गीतिक समूह” कोरियामा छोटो समयमै नेपालीहरुमाझ लोकपृय रहेको रहेको समूह हो । कोरियामा भएका अन्य साङ्गीतिक समूहलाई भन्द बढी पारिश्रमिक दिनुपरे पनि यसबाट सबैले भरपुर सागितिक आन्दलिने सक्ने सञ्चालक डाँगीको भनाई थियो । रोजेको परिकार र साङ्गीतिक स्वाद एकै ठाउँमा उपलब्ध गराएको हुँदा समयमा उपस्थित भई मनोरंजन लिन आयोजकले सबैमा अनुरोध गरेका छन् ।
प्रतिक्रिया 4