३१ भदौ, काठमाण्डौ । चर्चित हास्य कलाकार दिपकराज गिरीले मापसेको नाममा ट्राफिक प्रहरीले निशुल्क रुपमा आफ्नो श्रम समेत लिएर प्रतिबद्धता कार्यान्वयन नगरी झुक्याएको गुनासो गर्नु भएको छ । गिरीले सोमबार एक विज्ञप्ति निकालेर केही समय अघि मापसे चेक जाँचको क्रममा ट्राफिकले आफ्नो लाईसेन्स लिएकोमा तत्कालिन ट्राफिक प्रमुख डिआईजी उपेन्द्रकान्त अर्यालले ट्राफिक सचेतना सम्बन्धी सामग्री बनाई दिए सचेतना कक्षा नलिई लाईसेन्स फिर्ता गर्ने प्रतिबद्धता ब्यक्त गरेपनि अहिलेसम्म फिर्ता नगरेर आफ्नो बदनाम गर्ने नियतले दुष्प्रचार गरेको भन्दै आपत्ति प्रकट गर्नु भएको हो ।
अर्यालको आग्रह अनुसार आफू र कलाकार दिपा श्री निरौलाले दिन भरी लगाएर निशुल्क रुपमा सचेतना सामग्री तयार पारेको तर पछि डिआईजी अर्यालको सरुवा भई उनको ठाँउमा केशव अधिकारी आए पनि चर्चामा आउने नियतले पूर्व सहमति कार्यान्वयन नै नगरी आफूलाई बदनाम गराएको गिरीको विज्ञप्तिमा उल्लेख छ । उहाँले एउटै गल्तीको लागि बारम्बर सजाय दिने तरिकाले आफूलाई दुखित बनाएकोले प्रहरीको १ घण्टाको सचेतना कक्षा आग्रहलाई अस्विकार गरेको समेत स्पष्ट पार्नु भएको छ ।
प्रहरीको नेतृत्वले पूर्व सहमति कार्यान्वयन किन नगरेकोप्रति प्रश्न गर्दै गिरीले यस्तै अवस्था रहे आफै लाईसेन्स लिने प्रक्रिया चाल्ने समेत उल्लेख गर्नु भएको छ । उहाँले आफ्नो नाममा यसरी भएको दुष्प्रचारले आफ्ना प्रसंसक र आमजनसमूदायमा बढेको अन्यौलता प्रति दुख समेत ब्यक्त गर्नु भएको छ ।
विज्ञप्ति पढ्नुहोस् :
प्रतिक्रिया 4