+
+

महिलालाई उपराष्ट्रपति होइन, राष्ट्रपति चाहिन्छः विद्या भण्डारी

अनलाइनखबर अनलाइनखबर
२०७० पुष २२ गते १२:२२

२२ पुस, काठमाडौं । नेकपा एमालेकी उपाध्यक्ष विद्या भण्डारीले महिलालाई राष्ट्रपति बनाउनुपर्ने बताएकी छन् । अनलाइनखबरसँग सोमबार विशेष कुराकानी गर्दै उपाध्यक्ष भण्डारीले महिलालाई उपराष्ट्रपति पद दिएर चित्त बुझाउन खोजिएको हो भने त्यो मान्य नहुने बताएकी हुन् ।

bidhya devi bhandari‘राष्ट्रपति, प्रधानमन्त्री र सभामुखमध्ये एउटा पद महिलालाई दिनुपर्छ’, उपाध्यक्ष भण्डारीले भनिन्, ‘नेपाली महिलाहरु राष्ट्रपति हुन सक्षम छन्, त्यसैले तीनवटा कार्यकारी पदमध्ये एउटा पद महिलालाई दिने कुरामा पार्टीहरुले कन्जुस्याईं गर्नुहुँदैन ।’

पार्टीको नेतृत्व फेर्न युवा नेताहरुले गरिरहेको पहललाई उपाध्यक्ष भण्डारीले अप्रसांगिक भएको संज्ञा दिइन्दि । अहिलेको नेतृत्व नै पार्टीलाई जीवन्त राख्न सक्षम रहेको बताउँदै उपाध्यक्ष भण्डारीले काँचो हलुवा खाँदा कोक्याए जस्तै अहिले नै युवाहरुले पार्टी हाँक्नसक्ने हैसियत नबनाएको तर्क गरिन् ।

‘एमालेको नेतृत्व लिनसक्ने हैसियत युवाहरुले बनाइसकेका छैनन्, अहिले नै पार्टीको नेतृत्व लिन खोज्नु भएको काँचो हलुवावेद खानुजस्तै हो’, उपाध्यक्ष भण्डारीले भनिन् , ‘अहिलेकै नेतृत्वलाई बलियो बनाएर पार्टी संगठन जीवन्त राख्नुपर्छ, युवाले नेतृत्व लिने कुरा अहिले सम्भव छैन ।’

राष्ट्रपतिको चुनाव हुनुपर्छ

मंसिर ४ को चुनावबाट प्राप्त जनादेशको सम्मान गर्ने हो भने राष्ट्रपतिको चुनाव हुनुपर्छ । राष्ट्रपति फेर्ने विषय भन्दा पनि जनादेशको सम्मान गर्ने हो भने राष्ट्रपतिको चुनाव हुनुपर्छ । पहिलो संविधानभासले २ वर्षे कार्यकालका लागि छानिएका राष्ट्रपति ६ वर्ष बिताइसकेका छन् ।

यदि संविधान बन्न १५ वर्षसम्म लागेमा एउटै राष्ट्रपतिलाई त्यति लामो समयसम्म निरन्तरा दिने कुरा मान्य हुँदैन । लोकतन्त्रको मसिहा भन्ने नेपाली कांग्रेसले पनि नयाँ जनादेशको पालना गरेर नयाँ राष्ट्रपतिको चुनावका लागि तयारी हुनु अबको एकमात्र विकल्प हो । एमालेले यो वा त्यो व्यक्तिलाई राष्ट्रपति बनाउने कुरा उठाएको होइन, नयाँ जनादेशअनुसार अघि बढ्नुपर्छ भनेको हो ।

संविधान बनेपछि समानुपातिक प्रणाली हटाइने

देशलाई समावेशी बनाउन संविधानसभाका लागि राखिएको समानुपातिक प्रणालीबारे अहिले उठेका बिवादलाई बढाउनु उचित छैन । संविधान निर्माण भइसकेपछि समानुपातिक प्रणाली खारेज गरिनुपर्छ ।

संविधान जारी भइसकेपछि प्रत्यक्ष चुनाव प्रणालीमात्रै राख्दा उपयुक्त हुन्छ । विशेष अवस्था भएकाले मात्र ल्याइएको मिश्रित चुनाव प्रणालीको संविधान बनेपछि औचित्य रहन्न ।

रामकुमारीले पार्टीसँग पैसा मागेर चुनाव लडिनन्

युवा नेतृ रामकुमारी झाँक्रीलाई समानुपातिकबाट सभासद नबनाएको विषयमा अनावाश्यक बिवाद भइरहेको छ । यो विषयमा बिवाद गरिरहनुको औचित्य छैन । झाँक्रीलाई प्रत्यक्षतर्फबाट उम्मेदवार बनाउन मैले नै पार्टीमा कुरा राखेकी थिएँ । गुल्मी १ बाट उम्मेदवार बनाउन पार्टीका नेताहरु सहमत भइसकेका थिए ।

गुल्मीबाट चुनाव लडाउने कुरामा पार्टी नेतृत्व टुंगोमा पुगिसक्दा झाँक्रीले नै पार्टीसँग चुनाव खर्च मागेर पछि हटेकी हुन् । गुल्मी १ बाट उम्मेदवार बन्न झाँक्रीले पार्टीबाट चुनाव खर्च पनि मागेपछि त्यो कुरा पार्टीले गर्न सम्भव थिएन । प्रत्यक्षमा चुनावमा उठ्न आफैं पछि हटेकी झाँक्रीलाई समानुपातिकमा नपारेको विषयमा अहिले भइरहेका तर्क गलत हुन् ।

राज्यलक्ष्मी गोल्छासँग तुलना गरेर भइरहेका तर्कहरु सरासर गलत हुन् । गोल्छा माड्वारी समुदायबाट सभासद भएकी हुन् भने झाँक्रीलाई जनजाति महिलाबाट सभासदको सूचीमा राखिएको थियो । जुन समुदायबाट राखिएको त्यो समुदायमा झाँक्री भन्दा सिनियर नेताहरु भएका कारण झाँक्री नपरेकी हुन् । राज्यलक्ष्मीसँग जुन् हिसावले आफूलाई तुलना गर्दै झाँक्री प्रचार गरेकी छन्, त्यसमा कुनै तुक छैन ।

एमाले अध्यक्षमा ओली

फागुनमा हुने एमालेको महाधिवेशनले अब नयाँ नेतृत्व चाहेको छ । माधव नेपाल र झलनाथ खनाल दुवैजनाले २७ वर्ष बढी एमालेको नेतृत्व गरिसक्नु भएको छ ।

कार्यकर्ताहरुले पनि मूल्याङ्कन गरेर अब एमालेमा नयाँ नेतृत्व चाहिरेका छन् । सबै कुरालाई विश्लेषण गर्दा अब एमालेमा नयाँ अध्यक्षको आवश्यकता देखिन्छ ।

त्यसैले अब पार्टीको नेतृत्व हाँक्न केपीलाई पार्टी अध्यक्ष बनाइनु जरुरी छ । पार्टी संगठन र नीतिलाई जीवन्त राखेर अघि बढ्न पनि नयाँ नेतृत्वको आवश्यकता परेको हो ।

उपाध्यक्ष भण्डारीसँग गरिएको अन्तवार्ता केही समयपछि प्रकाशित गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?