+
+

किन मनाइन्छ माघे संक्रान्ति ?

१ माघ, काठमाडौं । मकर संक्रान्ति भनिने माघे संक्रान्तिको वैज्ञानिक अर्थ छ । माघ एक गतेबाट सूर्य मकर राशिमा प्रवेश गर्ने हुँदा माघे संक्रान्तिलाई मकर संक्रान्ति भनिन्छ । यस दिनदेखि सूर्य उत्तरतिर ढल्किँदै जाने र रात छोटो हुन थाल्छ । संक्रान्तिको अर्थ एक स्थानबाट अर्को स्थानमा सर्नु पनि हो ।

अनलाइनखबर अनलाइनखबर
२०७० माघ १ गते १०:३८

सुमन पन्त
१ माघ, काठमाडौं । मकर संक्रान्ति भनिने माघे संक्रान्तिको वैज्ञानिक अर्थ छ । माघ एक गतेबाट सूर्य मकर राशिमा प्रवेश गर्ने हुँदा माघे संक्रान्तिलाई मकर संक्रान्ति भनिन्छ । यस दिनदेखि सूर्य उत्तरतिर ढल्किँदै जाने र रात छोटो हुन थाल्छ । संक्रान्तिको अर्थ एक स्थानबाट अर्को स्थानमा सर्नु पनि हो ।

माघे संक्रान्तिलाई चिसो याम सकिएर गर्मीलाई स्वागत गर्ने भनेर पनि बुझ्ने गरिन्छ । महिनौंको चिसोबाट शरीरको अङ्गहरु थाकेका हुन्छन् । शरीरबाट चिसो घटाउन घिऊ, चाकु, तिल, तरुल, पालुङ्गो आदि उपभोग गर्न सकिने सांकेतिक प्रचलन हो यो । यी सामाग्रीहरु खानाले शरीरमा ताप पैदा गर्ने तथा विभिन्न पौष्टिकता प्रवाह हुने धर्मशास्त्रीय तथा वैज्ञानिक मान्यता छ ।

Tarulयस दिन शरीरमा तेल पनि मालिस गर्ने प्रचलन छ । शरीरमा गढेर बसेको चिसो फ्याँक्न तेल मालिसले आन्तरिक तापमान वृद्धि गर्न सघाउ पुग्दछ ।

डा. भोजराज द्वीवेदीद्वारा लिखित साइन्टिफिक बेसेस अफ हिन्दू बिलिफ नामक पुस्तकका अनुसार तेलमा घिउभन्दा आठ गुणा शक्ति रहेको हुन्छ, जुन मसाजको माध्यमले प्राप्त गर्न सकिन्छ । तापमान कायम राख्न तेलको मसाज जरुरी हुने उनले लेखेका छन् ।

पाथीभरा आयुर्वेदिक अस्पताल, काठमाण्डौका चिकित्सक डा. बीपी तिमिल्सिना माघे संक्रान्तिमा उपभोग गरिने सामाग्रीबाट शरिरको आन्तरिक तापक्रम र पौष्टिकता प्राप्तिमा उल्लेख्य सहयोग पुग्ने बताउँछन् । ‘यस बेला गरिने सबै क्रियाकलापमा वैज्ञानिकता छ’ उनी भन्छन् ‘धर्म र संस्कारसित मात्र जोडेर हेरिनु हुँदैन ।’

माघे संक्रान्तिको बिहानै नदी, पोखरी वा पानीको स्रोतमा पुगी नुहाउने प्रचलन छ । कतिपयले घरैमा नुहाउने गर्छन् । नुहाइसकेपछि तिलको आगो ताप्ने चलन छ । यसबाट शरीरमा ताप प्रवाह हुने गर्दछ । धुनीको वरिपरि परिवारका सबैजना बसेर मिष्ठान्न भोजन खान्छन् । कतिपयले धुनीको तापले वर्षभरि गरिएको पापबाट मोक्ष मिल्ने विश्वास पनि गर्छन् ।

माघ १ का दिन तिलौराको रुपमा तिल दान गर्ने चलन छ, जुन सुन दान गरिएसरह हुने धर्मशास्त्रमा उल्लेख छ । धर्मसिन्धुमा भनिएको छ ‘माघे संक्रान्तिमा जसले तिल, घिउ, चाकु, तरुल आदि खाँदैन, जलाशयमा स्नानसमेत गर्दैन, तीर्थध्यान गर्दैन, त्यो व्यक्ति जन्मभर रोगी हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?